काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलले पार्टी छाडेका छन् । उनले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।
Advertisement
अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै उनले बुधबार राजीनामा पत्र बुझाएका थिए । उनी उपाध्यक्षसँगै आर्थिक विभाग प्रमुखसमेत रहेका थिए ।
उनले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएका हुन् ।