आँगनमा बसी बडका भलमन्सा
भतिज ठग्गा र लौटनलाई भन्दै थिए
Advertisement
यसरी अब हुने भएन
भतिज अब मैले पनि तिमीहरूलाई
भकुर्ने र हसुर्ने राजनीति गर्न पठाउने
विचार गरें !
यो के हो काका मैले बुझिनँ
ठग्गाले भन्यो
भनेको मानेन
तिमीहरूले चाहेको गरेननन्
र ‘हु आर यु’ भने
कर्मचारीलाई भकुर्ने
भकुरेपछि ठेक्कापट्टा
अरू नयाँ-नयाँ ठाउँ
खोजी-खोजी हसुर्ने !
काका सरकारी डण्डा देखाए के गर्ने ?
केको डर भतिज ?
तुरुन्त आफ्नो भकुर्ने
अधिकारपत्र देखाउने !
भतिज मलाई पनि केही
खर्च पठाउन नबिर्सनु
तेरी काकी लोभी छे
पैसा देखे गुबाट पनि टिप्छे
खर्च चलाउन
अलि-अलि छ्याकन मलाई पनि पठाउनु !
बुझ्यौं काका भनी
ठग्गा र लौटन तैयारी गर्न लागे