भजनी र मोहना पारिका गाउँलेको
झगडापछि बडकी भलमन्सिनियाले
कुरा मिलाउन पारि जाने विचार गरिन्ठग्गाले भन्यो- काका, काकी
जे पायो तेही बोल्छिन्
गाउँमा पनि राम्रो छैन
काकी गइन् भने हुने कुरा पनि बिग्रिन्छ
झगडापछि बडकी भलमन्सिनियाले
कुरा मिलाउन पारि जाने विचार गरिन्ठग्गाले भन्यो- काका, काकी
जे पायो तेही बोल्छिन्
गाउँमा पनि राम्रो छैन
काकी गइन् भने हुने कुरा पनि बिग्रिन्छ
Advertisement
काकीलाई बोलाएर ल्या म सम्झाउँछु
जान हुन्न भनेर भन्छु
तँ टाठो छ्स तँलाई पठाए
तँ कुरा मिलाउन सक्छस् भन्छु
त्यो कुरा सुन्नासाथ
भलमन्सिनियाको पारो तात्यो
मभन्दा तिमी बढी जान्ने ?
कसरी कुरा गर्ने मलाई सिकाउने ?
ठग्गा तैंले मलाई डिस हान्ने ?
अब तिमीपछि लौटनले
मलाई पहिलो महिला भलमन्सा
बन्नुपर्यो भनेको छ
मैले त्यसैको तैयारी शुरु गरिसकेको पनि छु
ए बूढी तैंले त्यो फटाहा
लौटनको कुरा सुन्ने ?
गाउँमा झगडा गराएको ?
सोमलालको कुखुरा चोरेर खाएको
यस्तो फटाहाको कुरा पछि लाग्ने ?
आफूपछि ठग्गालाई
जिम्मा दिने विचार गरेको छु
त्यो राम्रो भलमन्सा हुनेछ
सबैलाई मिलाएर पनि राख्ने छ