• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

लहडले ठडिएका सिमेन्टका टावर


    Avatar photo
शनिबार, मङि्सर २९, २०८१ मा प्रकाशित
ठडिएका छन्
सिमेन्टका टावर
हिमालका टाकुरामा
पहाडका टुप्पामा
डाँडामाथि,
जंगलको बीचमा
गाउँ शहरमा
खेतका किनारमा
नदीको डिलमा
घरकै छेउमायी कसको लहडले
ठडिएका हुन् ?
नव सामन्तहरूको आदेशले हो कि ?
देश जिम्मा लिएका जिम्वालहरूको
सनकको प्रतिफल हो ?हाम्रा गाउँका बडका भलमन्सा
चित्त नबुझेर भन्दै थिए –
पिर्के सलामीले नपुगेर
टावरको टुप्पोमा बसेर सलामी खाऊ है
नव सामन्ती साहेबहरू

Advertisement

टावरको टुप्पोबाट देखिने छ

देशको गरिबी
भोका पेट, नांगा शरीर
विदेश जानेको लाम
बाढीले डुबाएको खेत

रुखको छहारीमुनि
च्यातिएको बोरामा बसेर
पढ्दै गरेका विद्यार्थी

डोकोमा बोकिएर अस्पताल
जाँदै गरेका बिरामीहरू
सुत्केरी दिदी बहिनीहरू

गल्फको रेतमा
पसिनाले निथ्रुक्क भिजेका
देशको अर्थतन्त्र धानेका
नेपाली सन्ततिहरू

विदेशमा भविष्‍य खोज्दै
पाँचै महादेशमा हिँडिरहेको
नेपालीहरूको लाम

हे मान्यवर, एउटा विभाग बनाऊ
ठाउँ खोजी-खोजी टावर ठड्याउन

सुरक्षा डफ्फा बनाऊ
टावर सलामी दिन

सर्वोत्कृष्‍ट टावर कसको जिल्लामा ?
सबभन्दा अग्लो कसको गाउँमा ?
प्रतियोगिता गरौं
पुरस्कार बाँडौं

मलाई पनि मेरो गाउँमा
आकाशै छुने टावर बनाउने मन छ
टावरको टुप्पामा बसी देशमा चलिरहेको
राजनीतिको तमाशा हेर्ने मन छ

चीनबाट पोखरा हुँदै दौडेको रेल
हेर्ने मन छ
भारतबाट आउँदै गरेका पानीजहाज
हेर्ने मन छ
चुनावमा गरिएका वादा
हेर्ने मन छ

अर्को आउँछ
फेरि शुरु हुन्छ
नयाँ भीमसेन थापा हुने
हानाथाप

कुर्सीको हैन नेपालको माया
गर्नेको सधैं जय होस्

शनिबार, मङि्सर २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
टिपरको ठक्करबाट मृत्यु
मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु
कारागारबाट फरार माझी पक्राउ
घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

भर्खरै

  • १.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    टिपरको ठक्करबाट मृत्यु

  • ४.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

  • ५.
    कारागारबाट फरार माझी पक्राउ

  • ६.
    घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • ७.
    देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

  • ८.
    इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.