मने कमरेटको
जादुई नम्बरको रडाको सुनी
बडका भलमन्सा
जादुई नम्बर खोज्न
Advertisement
भतिज ठग्गालाई लिई
बगुलिया पर्ना गुरुवाको घर पुगे
भलमन्साको कुरा सुनी
गुरुवाले अच्छेता लिई चारैतिर छर्के
र आँखा बन्द गरी मन्त्र पढ्न थाले
काँप्दै गुरुवाले भने-
भलमन्सा, मने कमरेटलाई
झापा र डडेलधुराको
३२ नम्बरको
जादुई भूत लागेको छ
यो ठीक पार्न
राष्ट्रीय पोशाक लगाउनुपर्छ
कहिलेकाहीं पहेंलो वस्त्र
पनि धारण गर्नुपर्छ
यो भूतको योग ८४ सालसम्म देखिन्छ
भूत भगाउन उत्तर र दक्षिणका
तीर्थ धाउनुपर्ने देखिन्छ
केही अच्छेता पश्चिमतिर पनि छर्नुपर्छ
यो सबै गरे जादुई नम्बरले काम गर्छ