साँडेपानीका बडका भलमन्सा
गाउँका पुल, पुलेसा, कुला,
बाँधको योजना बोकी
काठमाडौं जाने हल्लापछि
सबै आँगनमा आइपुगे
गाउँका पुल, पुलेसा, कुला,
बाँधको योजना बोकी
काठमाडौं जाने हल्लापछि
सबै आँगनमा आइपुगे
Advertisement
ए काका हाम्रो पुल
थारू संस्कृति झल्कने हुनुपर्छ
ठग्गाले भन्यो
होइन कर्नालीको पुलजस्तो
हुनुपर्छ लौटन पनि के कम
मलेसियाबाट फर्केको
गंगारामले भन्दै थियो-
सिंगापुर जोहारबारू जोड्ने
पुलजस्तो बनाउनुपर्छ
बाटो रुपहिडिया-लखनऊ
हाईवेजस्तो हुनुपर्छ
फिर्तीले भन्दै थिई
कुला खतरा हुनुपर्छ
कहीं नघुमेको सन्तराम भन्दै थियो
सबैको कुरा सुनी दिक्क मानी
बडका भलमन्साले भने-
योजना बोकी जाँदै छु
काम कता हो कता
झगडा भने हाम्रा नेताजस्तो !
छेउमा बसेका पारी तिकुनियाका
खुर्सानी व्यापारी भन्दै थिए-
ए काका
यो झगडा हामीले गराएको नभन्नु
अहिले जेमा पनि
पारितिर देखाउने चलन छ
तमासा नदेखाऊ
पहिला आफ्नो घरको झगडा मिलाऊ
त्यसपछि मात्रै काठमाडौं जाऊ काका !