काठमाडौंबाट ललितपुर जाँदा
वागमतीलाई अभिनन्दन गरें
वागमतीलाई अभिनन्दन गरें
Advertisement
वागमतीले देख्नासाथ
चर्को गुनासो गर्यो
बाबु अब त अति भो
यो गन्धले मलाई पनि
बसी नसक्नु भएको छ
मलाई सफा गर्ने नाउँमा
हुलका हुल आउँछन्
यसो खोस्रेजस्तो गर्छन्
लाउडिसमा चर्को बोल्छन्
र जुस खाई आफ्नो बाटो लाग्छन्
मैले सुनेको
मलाई सफा गर्ने नाममा
अर्बौं ध्वस्त भा छ रे
कतिका घर बनेका छन्
कतिले राम्रै व्यवस्था गरेका छन् रे
अरे बाबा यदि सफा गर्न सक्दैनौ भने
मलाई फोहर गर्छौ किन ?
भएभरका ढल
ममाथि खन्याउँछौ किन ?
मलाई मेरो आफ्नै स्वरूपमा बग्न देऊ
फोहोर फाल्न त बन्द गर
यदि फोहोर फाल्न रोक्दैनौ भने
बगेर आउने फोहोर
तिम्रा घर
कार्यालयमा ल्याएर मिल्काउने छु