नयाँदिल्ली- खासगरी, बिहान निद्राबाट ब्युँझिनासाथ सबैका आँखा सुन्निएको देखिन्छन्। त्यसबाहेक पनि आँखा सुन्निने समस्या देखिने गर्छ, जसलाई पफी आइज भनिन्छ।
बढ्दो उमेरसँगै अधिकांशमा यो समस्या देखिन्छ। र, किशोरावस्था (टिन एज)मा पनि यो समस्या देखिन सक्छ।
बढ्दो उमेरसँगै आँखाको आसपासका टिस्यु र आँखालाई ढाक्ने छालालाई सपोर्ट गर्ने मांशपेशी कमजोर हुँदै जान्छन्। र, आँखाको तल्लो भागमा फ्ल्युड जम्न थाल्छ। सोही कारण आँखा सुन्निने गर्छ।
अमेरिकन एकेडेमी अफ अप्थाल्मोलोजीका अनुसार छाला लत्रिनु, एलर्जीलगायत कारणबाट पनि आँखा सुन्निन्छ। कसै-कसैमा त्यो वंशाणुगत समस्या पनि हुन्छ।
यी हुन् खास कारण
– सनलाइटको सम्पर्कमा ज्यादा रहँदा
– नूनको अधिक सेवन
– आँखा ज्यादा मिच्नु
– निन्द्रा पूरा नहुनु
– अस्वस्थ जीवनशैली
– एलर्जी, थकान, डिप्रेसन
– आँखामा चोट लाग्नु
– ज्यादा धुम्रपान गर्नु
– बढ्दो उमेर
– वंशाणुगत कारण
यसरी अपनाऊँ सावधानी
– धुम्रपान पूर्ण रूपमा त्यागौं
– ७ देखि ८ घण्टा गहिरो निन्द्रा
– आफ्नो डाइटमा हरियो सब्जी र फलफूल उपयोग गरौं
– फास्टफुड र जंकफुडबाट टाढा बसौं
– अल्कोहल सेवन नगरौं
– नुनिला खाद्य पदार्थ कम खाऊँ
– शरीरलाई हाइड्रेटेड राख्न पर्याप्त पानी पिऊँ
– चर्को घाममा निस्किनुअघि सनस्क्रिन लगाऊँ
– राति सुत्नुअघि दैनिक फेस वास गर्ने बानी बसालौं
– सुन्तला, ब्रोकाउली र स्ट्रबेरीजस्ता कोलेजन रिज फुड्स खाऊँ
– पेट थिचेर नसुतौं
भास्कर डट कमबाट