नयाँदिल्ली- आपसमा माया र सपोर्टबाट मात्र पार्टनरसँग खुशी रहन सकिन्छ। सम्बन्ध कायम राखिराख्नभन्दा साह्रै नाजुक हुन्छ, त्यसलाई निर्वाह गर्न। स-साना कुराबाटै सम्बन्धमा दरार पैदा हुन सक्छ। र, तत्काल सम्बन्ध टुट्ने जोखिम हुन्छ।
प्रसिद्ध अमेरिकी लेखक डा. ग्यारी च्याम्पम्यानले आफ्नो पुस्तक ‘फाइभ लभ ल्यांग्वेज : द सेक्रेट टु ए लभ द्याट लास्ट्स’मा मायाका पाँच परिभाषा उल्लेख गरेका छन्। तिनमा सकारात्मक शब्दहरूमार्फत माया व्यक्त गर्नु, गिफ्ट दिनु, साथमा क्वालिटी टाइम बिताउनु र शारीरिक स्पर्श आदि छन्। उनको अनुसन्धानअनुसार ८५ प्रतिशत सम्बन्ध कम्युनिकेसनमा कमीका कारण असफल हुन पुग्छन्।
नगरौं यी ८ गल्ती
– पार्टनरसँग कम्युनिकेसन नगर्नु
– एकअर्कासँग सहानुभूति नराख्नु
– एकअर्काको अधिक आलोचना गर्नु
– अथेन्टिक नहुनु र सम्बन्धलाई देखावटी मात्र बनाउनु
– एकअर्कालाई सम्मान नदिनु
– अधिक असुरक्षित महशुस गरिरहनु
– आफ्ना सबै आवश्यकतामा पार्टनरसँगै निर्भर हुनु
– जरुरी र संवेदनशील विषयहरूमा कुराकानी गर्नबाट टाढा हुन खोज्नु
यी सावधानीले बनाउँछ सम्बन्ध मजबुत
– आफ्ना खराब आदतलाई पहिचान गर्नु
– आफैंलाई परिवर्तन गर्ने फैसला गर्नु
– आफ्नो विगतको ट्रमालाई वर्तमानमा हाबी हुन नदिनु
– याद राखौं राम्रो रिलेसनसिपका लागि पनि मिहिनेत आवश्यक हुन्छ
– आफ्नो पार्टनरलाई समय-समयमा सर्प्राइज दिने गरौं
– त्यसभन्दा बढी पार्टनरका लागि समय छुट्याऊँ
– पार्टनरलाई डिनर डेट र मुभी डेटमा लैजाऊँ
– पार्टनरको भावना बुझौं
– साथमा बसेर केही वर्षको योजना बनाऊँ
– पार्टनरको आशा पूरा गर्नमा खरो उत्रिऊँ