काठमाडौं- कास्की, पोखरा महानगरपालिका–४ सिद्धार्थ चोकस्थित पोखरा फुटवयर बिजनेश सेन्टर (जुत्ता होल्सेल) पसलमा बिहीबार राति आगलगी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
Advertisement
चितवन, भरतपुर महानगरपालिका–१ मिलनरोडस्थित शंकर विकको सुनचाँदीका गरगहना राख्ने औजार पसलमा बिहीबार दिउँसो आगलागी हुँदा सुनचाँदी राख्ने प्लास्टिकका डब्बाहरू र मेसिनहरू पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।