• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

कसरी थाहा पाउने मुखको क्यान्सर ?


    Avatar photo
शुक्रबार, कार्तिक ०२, २०८१ मा प्रकाशित

मेलबर्न- कतै तपाईंलाई मुखको क्यान्सर हुने लक्षण त देखिँदै छैनन्? वैज्ञानिकहरूले मुखमा सम्भावित क्यान्सरको पहिचान गर्न जाँच गर्ने तरिका सुझाएका छन्।

Advertisement

उनीहरूका अनुसार मुखको क्यान्सरको प्रारम्भिक चरणमै पहिचान गर्न नियमित दन्त जाँच र मौखिक स्वच्छता परीक्षण महत्त्वपूर्ण हुन्छ। बेलायतको च्यारिटी ओरल हेल्थ फाउन्डेसनका अनुसार दन्त चिकित्सकहरूको कमीका कारण पछिल्ला वर्षमा मुखको क्यान्सरमा वृद्धि देखिएको छ। सोही कारण मुखको क्यान्सरको जानकारी धेरै ढिलो मात्र प्राप्त हुन्छ।

गत वर्ष बीबीसीले गरेको सर्वेक्षण गरेको एनएचएस (यूके नेसनल हेल्थ सर्भिस) अनुसार ९० प्रतिशत दन्त चिकित्सक उक्त विधिको उपचारका लागि बयस्क रोगीहरूलाई स्वीकार गरिरहेका थिएनन्। बेलायतमा मात्र बर्सेनि करिब ९ हजार जनालाई मुखको क्यान्सर हुने गरेको छ। तीमध्ये ३ हजारभन्दा बढीको अकालमा मृत्यु हुने गरेको छ।

तर, बेलामै पहिचान भएमा मुखको क्यान्सरको उपचार विधि उत्कृष्ट बनिसकेको छ। सरल तरिकाबाटै ९० प्रतिशत रोगीको उपचार सम्भव छ। तर, बेलायतजस्तो विकसित मुलुकमै मुखको क्यान्सर धेरै ढिलो मात्र पत्ता लाग्ने समस्या विद्यमान छ।

यदि तपाईं दन्त चिकित्सक खोज्न र उनीहरूबाट जाँच गराउन संघर्ष गरिरहनुभएको छ भने मुखको क्यान्सरको शुरुवाति लक्षणहरूका लागि आफ्नो मुखको जाँच गराउन सक्नु हुन्छ।

मुखको क्यान्सरका लक्षणहरू

– मुखको छालामा आएको घाउ तीन साताभित्र ठीक नभएमा

– मुख, बंगारा या गर्धनमा कहीं पनि गाँठा र सुन्निने समस्या तीन साताभन्दा बढी समयसम्म कायम रहेमा

– मुखमा नयाँ रातो या सेतो धब्बा देखिएमा

– जिब्रो या मुखमा अन्य क्षेत्रको तुलनामा बोधोपन देखिएमा

– अस्पष्ट खुला दाँत देखिएमा

– ६ साताभन्दा बढी गला बस्‍ने समस्या देखिएमा

यदि तपाईंमा यी समस्या देखिएमा छिटोभन्दा छिटो चिकित्सकको सम्पर्कमा पुगिहाल्नु उपयुक्त हुन्छ।

उपचारको उत्कृष्ट दर

पछिल्ला वर्षमा मुखको क्यान्सरको उपचारको सीमा र दायरा अझ फराकिलो बनेको छ। यसमा व्यापक सुधार भएको छ। र, रोबोटिक सर्जरी र इम्युनोथेरापीजस्ता नयाँ प्रविधिबाट उपचार गर्ने पद्दति विकसित भएको छ। बिरामीको उत्कृष्ट समझका कारण चिकित्सकहरूको उपचारको तरिका पनि बदलिएको छ।

मुखको क्यान्सरका रोगीहरूको ठूलो हिस्सा पूर्ण निको भएर घर फर्किरहेका छन्। केही व्यक्तिमा भने यो जटिल भइसकेको हुन्छ। र, उनीहरूको खानपिन र बोलीमा गम्भीर असर परिसकेको हुन्छ। त्यस्ता रोगीहरूको जीवनशैलीमा समायोजन आवश्यक हुन्छ।

मुखको क्यान्सरका लागि धुम्रपान र अन्य प्रकारका सुर्तिजन्य पदार्थको उपयोग, मदिराको अनियन्त्रित सेवन, खराब आहार र निरन्तर पान चपाउने प्रवृत्ति जिम्मेवार हुन्छ।

कतिपय व्यक्तिलाई भने ओरल सेक्सको माध्यमबाट मुखमा पुग्ने ह्युमन पेपिलोमा भाइरस पनि मुखको क्यान्सरका लागि जिम्मेवार हुने गर्छ। अंग प्रत्यारोपणकर्ताजस्तै आफ्नो प्रतिरक्षा प्रणालीलाई नियन्त्रणमा राख्ने औषधि सेवन गर्नेहरूमा पनि मुखको क्यान्सरको सम्भावना हुने गर्छ। तथापि, बुझ्नुपर्छ मुखको क्यान्सर रोक्न सकिन्छ। यसको आधाभन्दा बढी सम्भावनालाई जीवनशैलीमा परिवर्तन गरेरै रोक्न सकिन्छ।

शुक्रबार, कार्तिक ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.