नयाँदिल्ली- मात्र एकपटक ‘सरी’ भनिदिँदा बिग्रिन लागेको सम्बन्ध पनि सप्रिन्छ। त्यसैले सम्बन्ध व्यवस्थापनमा माफी माग्नुका फाइदै फाइदा छन्।
गल्ति र त्रुटि आम विषय हुन्। जानाजान या अन्जानमा भएका गल्ति सुधार्ने एक मात्र उपाय ‘सरी’ नै हो। गल्ति स्वीकार्दा र माफी माग्दा झगडा र विवाद हुने सम्भावना शून्यमा झर्छ।
तर कतिपय मानिस आफ्नो छविमा धक्का पुग्ने ठानेर माफी माग्दैनन्। र, त्यस्ता व्यक्तिहरू परिवार र समाजबाट टाढा पुग्छन्। अनि एक्लो बन्छन्। तथापि, माफी नमाग्दा व्यक्तिगत र व्यावसायिक सम्बन्धमा नोक्सानी पुग्छ।
कसरी भन्ने सरी ?
– सबैभन्दा पहिले आफ्नो गल्ति आफूभित्रै स्वीकार गरौं
– इमानदारी साथ माफी माग्नुको अर्थ हुन्छ, वास्तवमै तपाईंलाई पश्चाताप भएको छ।
– माफी माग्दा विनम्रता अपनाऊँ
– मात्र त्यसका लागि माफी मागौं, किनकि त्यसपछि तपाईंले माफी पाउनु हुनेछ
– माफी सधैं सच्चा दिल र इरादापूर्वक मागौं
– माफी माग्दा यदि, तर, त्यसका लागि जस्ता शब्दहरू प्रयोग नगरौं
– आफ्नो गल्ति व्याख्या गरौं तर त्यसमा सफाइ दिनतिर नलागौं
– माफी माग्नुको अर्थ भविष्यमा त्यस्तो गल्ति नदोहोर्याउने वाचा पनि हो
– माफी मागेपछि क्षमाका लागि धैर्य राखौं
– माफी माग्न हतार र ढिलाइ दुवै नगरौं
माफी माग्दा के फाइदा हुन्छ ?
– दिल, दिमागबाट बोझ हट्छ
– आफ्नो भित्रको दुःख, रिसले प्रोसेस गर्न सकिन्छ
– झगडा र नैराश्यता दुवै समाप्त हुन्छ
– मनलाई आनन्द प्राप्ति हुन्छ
– सम्बन्धमा आपसी विश्वास बढ्छ
– रिसबाट अगाडि निस्किन मद्दत पुग्छ
– अतीतमा फसिरहनबाट रोक्छ
– माफी माग्दा अहंकारी व्यक्तिलाई पनि विनम्र बनाउन सकिन्छ
– माफीले हामीलाई आफ्नाहरूसँग नजिकिन सहज हुन्छ
– माफी माग्दा र दिँदा दुवैको रिस शान्त हुन्छ
– मन शान्त रहन्छ
– त्यसैले मार्फी माग्दा मानसिक र शारीरिक स्वास्थ्यलाई पनि लाभ पुग्छ