नयाँदिल्ली- विश्व स्वास्थ्य संगठन तथा इन्टरनेसनल लेबर अर्गानाइजेसनका अनुसार सन् २०१६ मा अत्यधिक वर्कलोडका कारण संसारभर ७ लाख ४५ हजारले ज्यान गुमाए।
उनीहरूलाई स्ट्रोक र कोरोनरी हार्ट डिजिज भएको थियो। यो आँकडा सन् २००० को तुलनामा २९ प्रतिशत बढी हो।
अध्ययनअनुसार सातामा ३५ देखि ४० घण्टा काम गर्नेहरूको तुलनामा ५५ घण्टा या त्यसभन्दा बढी काममा खटिनेहरूलाई स्ट्रोकको खतरा ३५ र कोरोनरी हार्ट डिजिजबाट मृत्युको खतरा १७ प्रतिशत बढी हुन्छ।
कुन देशमा अधिक वर्कलोड ?
– भुटानमा सातामा औसत ५४.४ घण्टा वर्कलोड छ। त्यहाँ सातामा ४९ घण्टाभन्दा बढी काम गर्ने जनसंख्या ६१ प्रतिशत पाइएको छ।
– भारतमा सातामा ४६.७ घण्टा वर्कलोड छ। र, त्यहाँ सातामा ४९ घण्टाभन्दा बढी काम गर्ने जनसंख्या ५१ प्रतिशत छ।
– बंगलादेशमा सातामा औसत ४६.९ घण्टा काम हुन्छ। र, त्यहाँ ४९ घण्टाभन्दा बढी काम गर्ने जनसंख्या ४७ प्रतिशत छ।
– मौरिटानियामा सातामा ४७.६ घण्टा काम हुन्छ। र, त्यहाँ ४९ घण्टाभन्दा बढी काम गर्ने जनसंख्या ४६ प्रतिशत छ।
– कंगोमा सातामा औसत ४८.६ घण्टा काम हुन्छ। र, त्यहाँ ४९ घण्टाभन्दा बढी काम गर्ने जनसंख्या ४५ प्रतिशत छ।
– बुर्किनाफासोमा सातामा औसत ४६.३ घण्टा काम हुन्छ। र, त्यहाँ ४९ घण्टाभन्दा बढी काम गर्ने जनसंख्या ४१ प्रतिशत छ।
– पाकिस्तानमा सातामा ४६.९ घण्टाको वर्कलोड छ। र, त्यहाँ ४९ घण्टाभन्दा बढी काम गर्ने जनसंख्या ४० प्रतिशत छ।
– यूएईमा सातामा औसत ५०.९ घण्टाको वर्कलोड छ। र, त्यहाँ ४९ घण्टाभन्दा बढी खट्ने जनसंख्या ३९ प्रतिशत छ।
– लेबनानमा सातामा ४७.६ घण्टाको वर्कलोड छ। र, ४९ घण्टाभन्दा बढी खट्ने जनसंख्या ३८ प्रतिशत छ।
– म्यानमारमा सातामा औसत ४४.७ घण्टाको वर्कलोड छ। र, त्यहाँको ३८ प्रतिशत जनसंख्या सातामा ४९ घण्टाभन्दा बढी खट्छ।
कुन देशमा कम वर्कलोड ?
भानुआतुमा सातामा औसत २४.७ घण्टाको वर्कलोड छ। किरिबाटीमा २७.३, माइक्रोनेसियामा ३०.४ र रुवान्डामा ३०.४ घण्टाको मात्र वर्कलोड छ।
यस्तै, सातामा औसत सोमालियामा ३१.४, नेदरल्यान्ड्स ३१.६ र इराकमा ३१.७ घण्टा कामको लोड छ। वालिस एन्ड फ्युचुना आइल्यान्डमा ३१.८, इथियोपियाा ३१.९ र क्यानाडामा ३२.१ घण्टा औसतमा साताभरि काम गर्नुपर्छ।
४० घण्टाभन्दा कम काम हुने मुलुक
अमेरिका- सातामा औसत ३८ घण्टा
बेलायत- सातामा औसत ३५.९ घण्टा
जापान- सातामा औसत ३६.६ घण्टा
फ्रान्स- सातामा औसत ३५.९ घण्टा
रुस- सातामा औसत ३९.२ घण्टा
अस्ट्रेलिया- सातामा औसत ३२.३ घण्टा
इटाली- सातामा औसत ३६.३ घण्टा
स्विटरजरल्यान्ड- सातामा औसत ३५.७ घण्टा
कसरी कम गर्ने वर्कलोड ?
– समय व्यवस्थापन गर्न सिकौं
– आफ्नो काम समयमै सक्ने बानी बसालौं
– काम कहिल्यै नटारौं, तत्काल गरिहालौं
– आफ्नो दिनचर्या व्यवस्थित बनाऊँ
– आफ्नो लक्ष्य निर्धारित गरौं
– आफ्ना महत्त्वपूर्ण कामहरूलाई प्राथमिकता दिऊँ
– कामको ज्यादै धेरै लोड नलिऊँ
– हरेक कामको एक डेडलाइन तय गरौं