टुँडिखेलको गौरा पर्वमा
नाच्न होइन कि
बास्न पुगेका बा, दाइलाई
त्यहाँ भएको भीडको
शब्द बाँणले घोच्न पुगेछ
Advertisement
आफ्ना कार्यकर्तालाई
अनुहार बिगारेर गाली गर्न
बानी परेका दाइ
त्यसैगरी रिसाए
लाज नभएकाहरू, बदमास
भन्दै दाइ कराए
हो हो भन्दै भीड करायो
बुझियो र देखियो
अझै बुझेका छैनन् यिनले
जनताको घाँटीसम्म
आएर रोकिएको रिसबारे !
काम होइन, गाली गर तर्साऊ
कार्यकर्ता लगाएर ठोक
अझै तर्साउन, दुःख दिन
पुगेको छैन जनतालाई
रिसको पारो बढाऊ
थर्मामिटर फुटेपछि मात्रै
थाहा होला
पारोको वेग थर्मामिटरले
धान्न सक्दैन भनेर !