म्याग्दी- बेनी नगरपालिका–९ मा रहेको म्याग्दीको प्रमुख धार्मिकस्थल गलेश्वर मन्दिरमा एक वर्षको अवधिमा रु ५८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरुले रु ५८ लाख ४० हजार पाँच सय १० भेटी चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले मेलापर्वमा रु १९ लाख ७८ हजार आठ सय १८ र मण्डपमा रु ३८ लाख ६१ हजार छ सय ९२ भेटी सङ्कलन भएको जानकारी दिए।
भेटीसहित गत आर्थिक वर्षमा रु। एक करोड ७६ लाख ४० हजार आठ सय ८४ आम्दानी गरेको कोषले विभिन्न शीर्षकमा रु ८० लाख ३५ हजार नौ सय ११ खर्च र रु ९६ लाख चार हजार नौ सय ७२ बचत गरेको कार्यालय सचिव रामबहादुर बानियाँले बताए ।
भेटीबाहेक यज्ञ दर्ता शुल्क रु चार लाख १३ हजार छ सय ६७, यात्री निवास शुल्क रु पाँच लाख ७७ हजार छ सय ६५, ब्याज रु ८९ लाख ६९ हजार पाँच सय ६६, दान दातव्य रु ५५ लाख २२ हजार एक सय ४३ र भक्तजनहरुले चढाएको जिन्सी सामान बिक्रीबाट रु ६ लाख २८ हजार आठ सय २५ सङ्कलन भएको छ । यसैगरी, पार्किङ शुल्क रु ११ हजार सात सय ५० र स्टल भाडा रु छ लाख ७६ हजार ६ सय ८५ आम्दानी भएको छ ।
यस वर्षको साउन महिनाको तेस्रो सोमबारसम्म रु १० लाख ७४ हजार सात सय ४७ भेटी सङ्कलन भएको छ