कैलाली- धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँ बस्ने २२ वर्षीय अर्जुन पार्कीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली धनगढी उपमहानगरपालिका-१० घुइयाघाट जयगुरू गणेश इँटाभट्टा नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-१० घुइयाघाट बस्ने ३० वर्षीय नाटुल भन्ने राम मिलन राना, ३४ वर्षीय राजेश राना र सोही नगरपालिका-३ घर भएका २४ वर्षीय सन्नी चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली घोडाघोडी नगरपालिका-१ सुखड चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पर्दाथ ३ सय मिलिग्राम सहित भजनी नगरपालिका-९ डम्पुर बस्ने २५ वर्षीय गणेशमान सिंहलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।