ए त्रिशुली कति बली लिन्छस्
कहिलेसम्म लिन्छस्
Advertisement
यी नालायक नकाराहरूको
गल्तीको भारी कहिलेसम्म बोक्छस्
कतिको घर बिग्रियो
कति टुहुरा भए
अरू कति बली चढ्ने हुन्
त्यो पनि थाहा छैन
सत्तासीन त जिम्मेवार छैनन् छैनन्
तँ जिम्मेवार हुनु पर्दैन ?
तँ आफ्नो स्तर बढा
माथिसम्म आइज
गाडी नचल्ने बना
त्यसपछि त बुद्धि फिर्ला
केही त गर्लान् गैरजिम्मेवारहरू
होइन भने यात्रीको मृत्यु
समाचारको विषय मात्रै बनिरहने छ
केही दिनको होहल्लापछि
केही नभएजस्तो शान्ति छाउने छ
फेरि घटना हुने छन्
पुरानो कुरा बिर्सेर
फेरि नयाँ
समाचार लेख्ने
संवेदना दिनेको बाढी आउने छ