एयरपोर्टको कफीसपमा
ब्रेक सुमा लुकाइल्याएको
सुनको दाम्लो लगाएका
बाँसबारीमा बनेको जुत्ता लगाएका
नक्कली भुटानी शरणार्थीको
खोल ओढेका किर्ते साइँला
Advertisement
गिरिबन्धुको चियामा
चोपेर बिस्कुट खाँदै गर्दा
नयाँ राजनीतिक परिवर्तनबारे
थाहा पाए र हर्षित हुँदै
तुरुन्त टिकट क्यान्सिल गरी
बाहिर नजाने निर्णय गरे
अब के को डर
मुद्दा चलाउने कसको आँट
छाती खोलेर हिँड्ने हो
अब त यहीं बस्ने हो
उही मान्छे
उही प्रवृत्ति फर्केर आएपछि
डङ्काका साथ
फेरि नयाँ कथा जन्माउने हो