नयाँदिल्ली- वर्षायाममा पानीले भिजेका कपडाबाट नमिठो गन्ध आउँछ। किनकि, धोएका कपडा पनि राम्रोसँग घाममा सुक्न पाउँदैनन्।
बाहिर वर्षा भइरहनाले कपडालाई घरभित्रै टँगाएर सुकाउनुपर्छ। सोही कारण सुकेका कपडाबाट नमिठो गन्ध आउँछ। त्यस्ता कपडाबाट फंगस इन्फेक्सन हुने जोखिम पनि रहन्छ।
त्यस्ता कपडा लगाउँदा छालामा पनि इन्फेक्सन हुन सक्छ। गन्ध आइरहेका कपडाबाट शरीरमा ब्याक्टेरिया प्रवेश गर्न सक्छन्। दुर्गन्धले आफूलाई मात्र होइन, आसपासका मानिसलाई पनि असहज बनाउँछ। तथापि, केही घरेलु उपायबाटै यो समस्याबाट पार पाउन सकिन्छ।
कपडामा गन्ध आउनुको कारण
– वासिङ मेसिनमा धेरै दिनदेखि कपडा थुपारेर नधुनु
– धोएका कपडालाई खुला हावामा नसुकाउनु
– कपडालाई डिटर्जेन्टबिनै पानीमा मात्र पखाल्नु
– वर्षामा भिजेका कपडालाई नधोई त्यत्तिकै सुकाउनु
– राम्रोसँग नसुकेका कपडालाई आल्मारीमा पट्याएर राख्नु
कपडाको गन्धबाट पार पाउने उपाय
– कपडा धुँदा डिटर्जेन्टको साथमा थोरै बेकिङ सोडा पनि मिसाउनूस्
– धुनुअघि केहीबेर कपडालाई कागती पानीमा भिजाउनूस्
– बाहिर पानी परिरहेको छ भने कपडालाई पंखा या कुनै हावा चल्ने ठाउँमा सुकाउनूस्
– कपडालाई आइरन गरेपछि मात्र आल्मारीमा राख्नूस्
(भास्कर डट कमबाट)