आफ्नो नामको केन्द्र बनाएर
भ्रष्टाचार प्रमाणित भएको
थाहा पाएपछि
सर्प टोलीका नेता क्रुद्ध भएछन्
र भनेछन्
Advertisement
हाम्रो र कहिलेकाहीं
आफ्नै गल्तीले टोकाइमा
परेकाको उपचार
गर्ने केन्द्र बनाउलान्
र उपचार गर्लान्
भनेको त
लुटको व्यापार पो गर्न थालेछन्
हाम्रो विष नलागे पनि
हाम्रो श्राप लागेछ
कानूनको डण्डा चलेछ
ढिलै भए पनि
पाँचजना ठहरै भएछन्
नैतिकता, इमानदारिताको
मन्त्र फलाक्ने
यो सर्पकेन्द्रको योजना बनाएर
सरकारी रकमको दोहोलो गर्ने
बड्डा जोगिएछन्
यदि सत्य छ भने
समयले देखाउने छ
यी बड्डामाथि पनि
कानूनको डण्डा बज्रिने छ