काठमाडौँ । सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा आज ११ सय रुपैयाँले मूल्य बढेको हो ।
Advertisement
यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ पुगेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।