Advertisement
नेपालमा कोरोनाबाट १० दिनपछि एक संक्रमितको मृत्यु भएको छ।
यसअघि २७ फागुनमा एकजनाको मृत्यु भएको थियो। त्यसयताका दिनमा मृत्यु शून्य थियो। १० दिनयता नयाँ संक्रमित थपिने संख्या पनि एक सयभन्दा कम छ।
पछिल्लो २४ घण्टामा ४४ जना नयाँ संक्रमित थपिएका छन्। ६ हजार ५९४ वटा नमूना परीक्षण गर्दा चार हजार ४९५ नमूनाको पीसीआरमार्फत ३५ र दुई हजार ९९ एन्टिजेन परीक्षणबाट नौजनामा संक्रमण पुष्टि भएको हो।
हाल देशभर दुई हजार ६८८ जना सक्रिय संक्रमित छन् भने २४ घण्टामा ४८१ जना संक्रमित निको भएका छन्।