काठमाडौं- धादिङ धुनिबेशी नगरपालिका-२ सेरोफाँट बस्ने ६७ वर्षीया लक्ष्मी कार्की आफ्नै घरको आँगनमा गएराति मृत अवस्थामा फेला परेकी छिन् । अर्ध शरीर जलेको अवस्थामा उनको शव परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जीवनपुर र ईलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
Advertisement
कास्की पोखरा महानगरपालिका-९ बसपार्कस्थित गेष्ट हाउसमा विगत ५/६ महिनादेखि बस्दै आएका ललितपुर घर भएको ७० वर्षीय लोक बहादुर बिष्ट नाम गरेको पुरूष आफू सुत्ने खाटमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।