Advertisement
अभिनेत्री करिष्मा मानन्धर एमालेको राजनीतिमा प्रवेश गरेकी छन्।
मंगलबार आयोजित समारोहमा पूर्वमन्त्री प्रेमबहादुर सिंहसँगै अभिनेत्री मानन्धरलाई पनि एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराए।
यसअघि अभिनेत्री मानन्धर डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपालमा आबद्ध थिइन्। उक्त पार्टी छाडेपछि उनी लामो समय कुनै दलमा आबद्ध भइनन्।
अध्यक्ष ओलीको क्षमता र प्रतिबद्धताबाट प्रभावित भएर एमाले प्रवेश गर्ने निर्णय गरेको मानन्धरले बताइन्। आफू पदका लागि एमालेमा नआएको उनको भनाइ थियो।