रौतहट । जिल्लाको फतुवा विजयपुर नगरपालिका २ शीतलपुर घर भएकी २२ वर्षीया विवाहित महिला बलात्कृत भएकी छन्।
Advertisement
गएराति करिब साढे ८ बजे आफ्नै खेतमा ट्वाइलेट जाँदा उनलाई स्थानीय २१ वर्षीय रूपलाल पटेलले जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। महिला चिच्याउन थालेपछि पटेलले टोकेर घाउ बनाएको प्रहरी जनाएको छ।
घटनामा संलग्न पटेल फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। घाइते महिलाको स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ।