नेपालमा जताततै
जेमा पनि राजनीति छ
त्यो पनि टुकुचाको फोहोरजस्तै
गन्हाउने राजनीति
Advertisement
पानीमा राजनीति छ
जमिनमा राजनीति छ
आकाशमा पनि राजनीति छ
कर्मचारीको काँधमा चढी
बेतोड दौडिरहेको छ राजनीति
रोक्न खोजे लात हान्छ
समाउन खोजे टोक्छ
नांगो राजाको कथाजस्तै
चाटुकारको थपडीमा
नाचिरहेछ राजनीति
नेताका भाषण
थोत्रो हारमुनियमजस्तै छ
बिग्रेको एलपी रेकर्डजस्तै
मात्तिएर कराएको बोकाजस्तै
सरकारी कोषमा मनपरि छ
लुटाएका छन्
आफ्नै घरको सम्पत्तिजस्तै
हेर्दै जाउँ कहिलेसम्म
चल्ने हो यो रमिता
कहिले त रोकिएला
कहिले त चेतौंला
हामी नेपाली भेडा