Advertisement
एक लाख आठ हजार रुपैयाँबराबरको सुनसहित एक भारतीय नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा ३८ वर्षीय भारतीय नागरिक शुभव मेहरा रहेको प्रहरीले जनाएको छ। उनको साथबाट एक हजार २३८ ग्राम सुन बरामद भएको छ।
उनी नेपाल वायु सेवा निगमको विमानमार्फत दुबईबाट काठमाडौं आएका हुन्। उनले मलद्वारमा लुकाएर उक्त परिमाणको सुन काठमाडौं ल्याएका थिए। मेहराको गतिविधि शंकास्पद लागेर प्रहरीले विमानस्थलको टनेल गेटबाट नियन्त्रणमा लिएको थियो।