• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

स्वस्थ रहन यस्तो खानपान


    Avatar photo
बुधबार, जेठ ३०, २०८१ मा प्रकाशित

काठमाडौं- स्वस्थ जीवनका लागि जीवनशैली र खानपान ध्यान दिन आवश्यक छ। खानपानमा पूर्ण रूपमा सचेत रहन सकेमा मात्रै अधिकांश स्वास्थ्य समस्याबाट बच्न सकिन्छ।

Advertisement

तर, अस्वस्थ जीवनशैली जिउनु, खानपानमा ध्यान नदिनु र आवश्यक व्यायामसमेत नगर्नुजस्ता कारणले पछिल्लो समयमा स्वास्थ्य जटिलताहरू बढ्दै गएका छन्। अधिकांश शहरीया मानिसलाई स्वस्थ खानपान र पौष्‍टिक आहारबारे जानकारी छ। यद्यपि, स्वास्थ्यभन्दा स्वादका लागि खानेकुरा खाने प्रवृत्तिका कारण मानिसको स्वास्थ्य बिग्रँदै गएको छ। यसर्थ, स्वस्थ रहन यस्तो खानपान गर्न जरुरी छ।

सन्तुलित भोजन

व्यक्तिको उचाइ, तौल, कार्य प्रकृति, जेन्डर, उमेर र स्वास्थ्य अवस्थाका आधारमा शरीरलाई चाहिने शक्ति लिन खाइने खाना सन्तुलित आहार हो। सामान्यतया पाँचवटा खाद्यसमूह अर्थात् अन्‍न, दाल र गेडागुडी, फलफूल र तरकारी, माछा, मासु, अण्डा र दुग्ध पदार्थ, चिल्लो र गुलियो खाद्यवस्तु आवश्यक मात्रामा मिलाएर  खाँदा आहार सन्तुलित हुने गर्छ। दिनभरिमा शरीरलाई चाहिने क्यालोरीका लागि उल्लेखित सबै खाद्यवस्तु खाना आवश्यक छ।

पौष्‍टिक तत्त्व

दिनहुँ खाइने खानामा आवश्यक मात्रामा पौष्‍टिक तत्त्व हुन आवश्यक छ। एउटै खानेकुरा धेरै खानु, जंकफुड र फास्टफुडको बढी प्रयोग गर्दा शरीरलाई आवश्यक पौष्‍टिक तत्त्वको कमी भइरहेको हुन्छ। यसका लागि काब्रोहाइड्रेट, भिटामिन, प्रोटिन, फाइबर, चिल्लो, खनिज, क्याल्सियम, फलाम, आयोडिन, फ्लोरिन, पानी र फोलेटजस्ता सबै पोषक तत्त्व समावेश हुन जरुरी हुन्छ।

फाइबरयुक्त खाना

खाजाको रूपमा खाइने अधिकांश परिकार मैदाबाट बनेका हुन्छन्, जसले शरीरमा चाहिने आवश्यक तत्त्व परिपूर्ति गर्न सक्दैन। जस्तै- रगतमा चिल्लोपना बढ्ने, फ्याटी लिभर, डाइबिटिज र मोटोपनाको समस्या हुने गर्छ।

सामान्यतया हाम्रो शरीरलाई २० देखि २५ ग्रामसम्म फाइबर आवश्यक हुन्छ। तर, हामीले सामान्य खानेकुरा खाने गरेमा आवश्यक फाइबर परिपूर्ति हुन सक्दैन। तसर्थ, दिनहुँ खाने खानामा फाइबरयुक्त गहुँको रोटी, कोदो, फापर, सागपात, दाल र गेडागुडी समावेश गर्नुपर्छ।

कार्बोहाइड्रेट कम खाने

प्रविधिको विकाससँगै हाम्रो जीवनशैली विलासी हुन थालेको छ। अधिकांश मानिस एकै ठाउँमा लामो समय बसेर काम गरिरहेका हुन्छन्। शरीरलाई कुनै पनि किसिमको व्यायाम भइरहेको हुँदैन। सोही कारण क्यालोरी एकदमै कम खपत भइरहेको हुन्छ।

यसले मोटोपनाको समस्या हुने, मधुमेह, चिल्लोपना बढ्ने र उच्च रक्तचापजस्ता विभिन्‍न जटिलता हुने गर्छन्। कार्बोहाइडेट र अति क्यालोरीयुक्त खानेकुराले मोटोपना निम्त्याउँछ। तसर्थ, शारीरिक काम बढी नगर्ने व्यक्तिले कार्बोहाइड्रेटजन्य खानेकुरा कम मात्रामा खानुपर्छ।

पानी र फलफूल

हाम्रो शरीरलाई स्वस्थ खानपानसँगै प्रशस्त पानी पनि आवश्यक हुन्छ। विशेषगरी, शरीरका विभिन्‍न भागमा पौष्‍टिक तत्त्व पुर्‍याउन, शरीरको अनावश्यक तत्त्व बाहिर निकाल्न र शरीरमा तातोपना कायम राख्‍न आदि विभिन्‍न कार्यका लागि पानी अति आवश्यक हुने गर्छ।

यस्तै, दैनिक कम्तीमा एक वा दुईवटा फलफूल खान सकिन्छ। जसले शरीरमा आवश्यक पौष्‍टिक तत्त्व परिपूर्ति हुन्छ। अर्थात्, व्यक्तिको स्वास्थ्य स्थिति, लिंग, तौल, उचाइ र उमेर आदिको आधारमा निश्‍चित आहार निर्धारण गर्न आवश्यक हुन्छ।

बुधबार, जेठ ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.