Advertisement
पालिका चुनावमा दोहो¥याएर उम्मेदवार हुन पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आयोगको व्यवस्थाविरुद्ध सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
आयोगले हालै सार्वजनिक गरेको निर्वाचन आचारसंहितामा पालिकाका बहालवाला जनप्रतिनिधिले पुनः उम्मेदवार हुन पदबाट राजीनामा दिनुपर्ने व्यवस्था उल्लेख छ। आयोगले त्यसलाई सबै उम्मेदवारलाई समान चुनावी मैदान तयार पार्न यस्तो व्यवस्था गरिएको बताएको छ।
उक्त व्यवस्था संविधान र कानूनविपरीत भएकाले बदर गर्न माग शेर्पाले रिटमा गरेका छन्।