काठमाडौं- काठमाडौं नागार्जुन नगरपालिका-४ सितापाईलास्थित टहरामा बस्ने हाल वतन नखुलेका अन्दाजी ३५ वर्षीय मिलन कार्की सोही टहरामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
दोलखा भिमेश्वर नगरपालिका-४ जिलु जंगलमा सोही नगरपालिका-६ बस्ने बिगु गाउँपालिका-७ घर भएका ६३ वर्षीय छिनर्वु शेर्पा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । गत मंगलबारदेखि हराई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।
पाल्पा रामपुर नगरपालिका-८ आपचौरस्थित कालीगण्डकी नदीमा स्याङ्जा गल्याङ नगरपालिका-१ मालुङगा घर भएका ६० वर्षीय मान बहादुर बिक शुक्रबार मृत अवस्थामा फेला परेका छन् । रम्भा गाउँपालिका-१ हुँगी बस्ने उनकै दाजुसँग भेटघाट गरी आफ्नो घर हिँडेका उनी घर फर्कि नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।
झापा मेचीनगर नगरपालिका-८ स्थित निन्दा खोलाको किनारमा बुद्धशान्ति गाउँपालिका-५ बस्ने ४५ वर्षीय गोपाल कोईराला शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
सुनसरी ईटहरी उपमहानगरपालिका-५ शान्ती टोल बस्ने ६८ वर्षीय नेत्र भण्डारी सोही ठाउँस्थित सुकुमारी खोलाको पानीमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
कास्की पोखरा महानगरपालिका-२५ हेम्जास्थित याम्दी खोलामा सोही ठाउँस्थित हेम्जा मानव सेवा आश्रममा बस्ने स्याङ्जा अर्जुन चौपारी गाउँपालिका-८ घर भएका ४६ वर्षीय श्रीप्रसाद गुरुङ शनिबार मृत अवस्थामा फेला परेका छन् ।
तनहुँ भिमाद नगरपालिका-३ माझकोट पिपल भन्ज्याङ बस्ने ४६ वर्षीया यम कुमारी थापा घर नजिकैको कुवामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । कुवामा पानी लिन गएकी उनको शव फेला परेको हो ।
सप्तरी महादेवा गाउँपालिका-१ सोनरा बस्ने डम्बर नारायण यादवको छोरा ९ वर्षीय कमल यादव घरभित्र सुतिरहेको अवस्थामा शनिबार मृत फेला परेका छन् ।