• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

आज विश्वकर्मा पूजा र वास्तु दिवस

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

गदर : भारत-पाकिस्तान हिंसाबीच सीमाविहीन प्रेम कथा


शनिबार, जेठ १९, २०८१ मा प्रकाशित

काठमाडौं- १५ अक्टोबर २००१ मा प्रदर्शनमा आएको भारतीय फिल्म ‘गदर : एक प्रेम कथा’ले तत्कालीन समय सिनेमा घरमा तहल्का नै मचाएको थियो। फिल्मको मुख्य भूमिकामा रहेका अभिनेता सन्‍नी देओलको अभिनय, बहादुरी अनि देशभक्तिपूर्ण भूमिका धेरैले मन पराएका थिए।

Advertisement

सन्‍नी देओल (तारा सिंह) र उनको जोडीको भूमिकामा रहेकी अभिनेत्री अमिशा पटेल (सखिना अली) बीचको प्रेम सम्बन्धले फिल्ममा ज्यान भर्ने काम गरेको छ। त्यसैले त १८ करोड लगानीमा बनेको गदरले १३३ करोड भारतीय रुपैयाँ कमाइ गर्न सफल भएको थियो।

उक्त फिल्मबाट अभिनेता सन्‍नी देओलले सर्वश्रेष्‍ठ अभिनेताका लागि स्टार स्क्रिन अवार्ड, उत्कृष्‍ट प्रदर्शनका लागि जी सिने अवार्ड र सन्सुई उत्कृष्‍ट अभिनेता अवार्ड प्राप्त गरेका थिए। यसैगरी, अभिनेत्री अमिशा पटेलले फिल्म फेयर विशेष प्रदर्शन पुरस्कार, उत्कृष्‍ट अभिनेत्री अवार्ड र सानसुई अभिनेत्री अवार्ड प्राप्त गरेकी थिइन्।

सोही फिल्मबाट फिल्मफेयर बेस्ट एक्सन अवार्ड टिनु बर्माले, आइफा बेस्ट डायलग अवार्ड शक्तिमान तलवारले, बलिउड चलचित्र पुरस्कार सर्वश्रेष्‍ठ भिलेन (खलनायक)मा अमरिश पुरीले अवार्ड हात पारेका थिए।

०००

ब्रिटिस भारतले १५ अगस्ट १९४७ लाई भारत विभाजनको रेखा तोकिएको छ। पाकिस्तान एक दिनअघि १४ अगस्टमा अस्तित्वमा आएको थियो। यसरी ब्रिटिस शासनको अन्त्य र दुई देशको विभाजनले हिन्दू र मुसलमानबीच हिंसा उत्पन्‍न भएको कहीं कतैबाट छिपेको छैन।

भनिन्छ- भारत र पाकिस्तानको विभाजनसँगै तत्कालीन समयमा हिंसाका कारण साढे १२ करोड मानिस घरबारविहीन हुँदै आफ्नो देश छाडेर एक-अर्काको देशमा स्थापित हुन बाध्य भएका थिए। यो आधुनिक संसारको सबैभन्दा ठूलो माइग्रेसन हो। त्यसयताका कुनै पनि युद्ध र सशस्त्र द्वन्द्वले भारत-पाक विभाजनको त्यस त्रासदीको रेकर्ड तोड्न सकेका छैनन्।

सन् १९४७-४८ मा अमृतसरस्थित एउटा शिविरमा शिख शरणार्थीहरू विभाजनका कारण लाखौं मानिस विस्थापित भएका थिए। उक्त समयमा दुईदेखि १० लाख जनासम्मको हत्या भएको वा शरणार्थी शिविरमा तिनले ज्यान गुमाएको हुनसक्ने ठानिएको छ। यति मात्र होइन, दशौँ हजार हिन्दू र मुस्लिम महिलाहरूलाई बलात्कार, अपहरण वा अंगभंग पनि गरिएको थियो।

यसरी सन् १९४७ ताका भारत र पाकिस्तानको विभाजनसँगै एक-अर्काको देशमा स्थापित हुँदा दुवै देशका नागरिकले के-कस्तो समस्या भोग्‍नु पर्‍यो र हिन्दूस्तानमा रहेका मुसलमान अनि पाकिस्तानमा रहेका हिन्दू धर्मालम्बीहरूलाई कस्तो व्यवहार गरिएको थियो भन्‍ने फिल्म ‘गदर’को कथाले समेट्ने प्रयास गरेको छ।

त्यति मात्र होइन, दुई देश विभाजन हुँदा पाकिस्तानमा रहेका हिन्दूहरूको हत्या गरी ट्रेनमा हिन्दूस्तान पठाउने र हिन्दूस्तानमा रहेका मुसलमानलाई मारेरै पाकिस्तान पठाउने दर्दनाक घटनालाई फिल्ममा देखाइएको छ। द्वन्द्वै-द्वन्द्वको बीच पनि भारत अनि पाकिस्तानको प्रतिनिधि पात्र तारा सिंह र सखिना अलीबीचको प्रेम सम्बन्धले फिल्ममा नयाँ मोड लिएको छ।

दुई देशको विभाजनपछि भारतबाट पाकिस्तानको लाहोर जाने क्रममा भीडमा अभिभावकबाट छुट्टिन पुगेकी सखिनालाई तारा सिंहले जोगाउँछन्। मुस्लिम समुदायकी सखिना र शिख समुदायका तारा सिंहबीचको सम्बन्धमा प्रश्‍न उठेपछि तारा सिंहले आफ्नो हात काटेर रगतले सखिनाको सिउँदो भरिदिन्छन्। त्यसपछि घरजम गरेर पञ्‍जाबमा बस्छन्।

सात वर्षको छोरा (जिते) जन्मिएपछि पाकिस्तानको लाहोर आफ्नो परिवार भेट्न पुगेकी सखिनालाई फेरि हिन्दूस्तान फर्कन नदिन उनका बुवा अशरफ अलीले नानाथरि षड्यन्त्र रच्छन्। तर, श्रीमती लिन पाकिस्तान पुगेका तारा सिंहले सखिनालाई घर फर्काउन निकै संघर्ष गर्नुपरेको कथा फिल्म गदरमा छ।

अन्तिममा धर्मभन्दा मानवता नै ठूलो हो भन्‍ने पाठ ससुरा असरफ अलीलाई महशुस गराउन सफल भएपछि तारा सिंह आफ्ना छोरा र श्रीमतीसहित हाँसीखुसी घर फर्किन्छन् र फिल्मको ह्याप्पी इन्डिङ हुन्छ।

कथा गदर-२

गदर-२ मा पनि ‘गदर : एक प्रेम कथा’को बाँकी अंशलाई अघि सारिएको छ। जसमा केही पात्र पुरानै छन्। हिन्दूस्तान र पाकिस्तानबीचकै द्वन्द्व र हिन्दू अनि मुसलमानबीचको किस्सा यो फिल्ममा पनि मुख्य एजेन्डा बनाइएको छ।

ससुरा अशरफ अलीलाई मानवताको पाठ पढाएर तारा सखिनालाई सही सलामत घर ल्याउन सफल भएपछि हिन्दूस्तानमा रौनक छाउँछ। तर, तारा सिंहले सखिनालाई घर फर्काउन गरेको संघर्षमा पाकिस्तानका ४० सैनिक जवान मारिएका कारण प्रतिशोधको अग्‍निमा जलिरहेका पाकिस्तान आर्मीका जनरल हमिद इकवाल भने चुप लागेर बस्न सक्दैनन्।

हिन्दूस्तानीलाई घृणाको भावले हेर्ने जनरल हमिद इकवाल स्वतन्त्रताअघि ब्रिटिस सेनामा क्याप्टेन हुन्छन्। हिन्दूस्तान र पाकिस्तानको विभाजन हुँदा ज्यान गुमाउनेहरूमा उनको परिवार पनि पर्छ।

तत्कालीन अवस्थामा दुई देशबीचको दंगामा परी उनको परिवारको एक सदस्य पनि उम्कन पाउँदैनन्।

परिवार गुमाउनु परेको पीडा त छँदैछ, आफ्नै फोर्सका ४० जवानको हत्या एक हिन्दूस्तानीले गरेको चाल पाएपछि उनी जसरी भए पनि बदला लिने दाउ पर्खिरहेका हुन्छन्। उनी बालक-वृद्ध कसैको हेक्का नगरी दर्दनाक हत्या गर्न पनि पछि पर्दैनन्।

उनी यतिमा मात्र रोकिँदैनन्। ४० पाकिस्तानी जवानलाई मारेका तारा सिंहलाई हिन्दूस्तान फर्कन सहयोग गरेको भन्दै सखिनाका बुवा मेयर अशरफलाई मृत्युदण्ड दिलाउन पनि उनी सफल हुन्छन्। तर पनि, उनको हृदयमा दन्किरहेको बदलाको आगो रत्तिभर कम हुँदैन। उनी चाहन्छन् तारा सिंहको हत्या।

फिल्ममा १७ वर्षपछि सन् १९७१ को घटनालाई देखाइएको छ। कुनै समय कलेजकै सुन्दरी रहेकी सखिना पनि अधबैंसे भइसकेकी हुन्छिन्। तारा सिंह र सखिना अली सिंह (सख्खु) का छोरा जिते सिंह पनि जवान भइसकेका हुन्छन्।

तारा सिंह ट्रक चलाउँछन्। उनको तीनजनाको परिवार त्यसैबाट धानिएको हुन्छ। आफू नपढेकाले ट्रक ड्राइभर हुनुपरेको भन्दै उनी छोरा जितेलाई पढाएर अफिसर बनाउन चाहन्छन्। तर, छोरोको ध्यान पढाइभन्दा पनि फिल्मतिर बढी हुन्छ। उनी बुवा-आमासँग झुट बोल्दै कलेज नगई फिल्म हेर्न जान्छन्। नाटक घरमा अभिनय सिक्छन्। उनी मुम्बई गएर हिरो बन्‍न चाहन्छन्। जुन कुरा बुवा तारा सिंहलाई मान्य हुँदैन।

छोरोको राम्रो पढाइका लागि उनी चण्डिगढको होस्टेल पठाउन चाहन्छन्। तर, जिते गाउँमै बुवा-आमा अनि साथीसँगै रमाएर बस्न चाहन्छन्। हरेक आमाजस्तै सखिनाले पनि छोरोका गल्तीहरू ढाकछोप गर्छिन्।

१७ वर्षपछि पनि भारत र पाकिस्तानबीचको सम्बन्धमा रत्तिभर परिवर्तन आएको हुँदैन। समय-समयमा दुई देशबीच स-साना युद्ध भइरहन्छ। १९४७, १९६५ मा दुई देशबीच भएको लडाईले दुवै देशका सोझासाझा जनताले सहनु परेको दु:ख फेरि कसैले भोग्‍नु नपरोस् भन्‍ने सोच तारा सिंहको हुन्छ। दुवै देशका नागरिकले शान्ति चाहँदाचाहँदै पनि राजनीतिज्ञहरूका कारण नै बेलाबखत युद्धको मारमा पर्र्नु परेको बुझाइ उनको हुन्छ।

यसैबीच, पाकिस्तानी सेनाले भारतीय भूमि कब्जा गर्न खोज्दा दुवै देशका सेनाबीच युद्ध चल्छ। यता ताराले छोरा जितेलाई पढाउन चण्डिगढ होस्टेल पठाइसकेका हुन्छन्। भारतीय सेनाका लेफ्टिनेन्ट कर्नेल देवेन्द्र रावतले युद्धमा भारतीय सेनालाई हतियार आपूर्ति गर्न युद्ध भइरहेको स्थानमा तारा सिंहलाई पठाउँछन्। गोला बारूद चलिरहेको द्वन्द्वमा तारा सिंह आफ्नो देशका आर्मीहरूलाई हतियार पुर्‍याउन सफल हुन्छन्।

सोही कारण पाकिस्तानी सेना कमजोर बन्छ। उनी स्वयं युद्धमा सामेल भई पाकिस्तानी सेनालाई पछि हट्न बाध्य बनाउँछन्।

मध्यरातमा हिन्दूस्तानी सेना भएको क्षेत्रमा ठूलो धमाका हुन्छ। हिन्दूस्तानी सेनातर्फ थुप्रैको हताहती हुन्छ। भोलिपल्ट हिन्दूस्तानी सेनाको क्याम्पबाहिर युद्धमा मृत्यु भएका सेनाका लाशहरू लहरै राखिएको हुन्छ।

सखिना र जिते युद्ध भएको स्थानमा गएर बुवा पनि युद्धमा मारिएको हुनसक्ने आशंकामा लाशका अनुहार हेर्न अनुमति माग्छन्। तर, युद्ध सीमापारि भएकाले त्यहाँ जान अनुमति मेजर रावतले दिँदैनन्।

युद्ध भएको कैयौं दिनसम्म पनि तारा सिंहको अत्तापत्तो हुँदैन। युद्धमा सामेल पाँच सेनासहित तारा सिंह र दुईजना अन्य ट्रक ड्राइभर गरेर ८ जनालाई पाकिस्तानी सेनाले आफ्नो नियन्त्रणमा लिएको हल्लापछि जिते बुवालाई खोज्न नक्कली भिसा र पासपोर्ट बनाई नक्कली मुसलमानको भेसमा पाकिस्तान पुग्छन्।

सीमा क्षेत्रमा उनको सोधखोज हुन्छ। उनी आफू पाकिस्तानको बासिन्दा भारत आफन्तको बिहेमा गएको बहाना बनाएर उम्कन सफल हुन्छन्। तर, केही समयपछि नक्कली कागजातमा हिन्दूस्तानी जासुस पाकिस्तान प्रवेश गरेको हल्ला फैलिन्छ। जासुस भएको भन्दै जितेको फोटो ठाउँ-ठाउँमा टाँसिन्छ।

जिते पाकिस्तानमा सखिनाको काकाको सम्पर्कमा पुग्छन्। उनकै सहयोगले युद्धबाट पक्राउ गरी ल्याइएका हिन्दूस्तानी सेनासहित ट्रक ड्राइभरलाई राखिएको जेलबारे थाहा पाउँछन्। सखिनाको अंकलको मद्दतले उक्त जेलको नक्सा पनि हासिल गर्छन्। जेलसम्म जानका लागि जिते कुर्बान खान नाम गरेको बिर्यानी व्यापारीको होटेलमा पुग्छन्।

इद नजिकिँदै हुन्छ। इदको अवसरमा हरेक वर्ष कुर्बान खानकै होटेलबाट उक्त जेलमा बिर्यानी जान्छ भन्‍ने चाल पाएपछि जिते बिर्यानी बनाउने व्यक्ति बनेर कुर्बान खानको होटेल गएका हुन्छन्। जहाँ उनको भेट कुर्बान खानकी छोरी मुस्कान खानसँग हुन्छ।

भारतीय अभिनेता राजेश खन्‍नाकी फ्यान मुस्कान जितेलाई देख्‍नेबित्तिकै मन पराउँछिन्। ईद आउन एक दिन बाँकी रहँदा मुस्कानले जितेलाई प्रेम जाहेर गर्छिन्। तर, बुवालाई खोज्ने उद्देश्यले पाकिस्तान भित्रिएका जिते मुस्कानलाई वास्तविकता नबताएर धोखामा राख्‍न चाहँदैनन्। उनी आफ्नो वास्तविकता बताउँछन्। जितेको वास्तविकता सुनेपछि मुस्कान जितेलाई उसको बुवासँग भेटाउन सहयोग गर्ने बताउँछिन् र सहयोग गर्छिन् पनि।

इदको दिन मुस्कानको परिवारसँगै बिर्यानी लिएर बुवालाई भेट्ने आशमा जिते पनि जेल पुग्छन्। तर, कैद गरिएका पाँच जनालाई मात्र बाहिर निकालिन्छ। जसमा तारा सिंह हुँदैनन्। पाँच जनाको समूहमा बुवालाई नदेखेपछि जिते निराश हुन्छन्। उनलाई अहिलेसम्म गरेको संघर्ष व्यर्थ लाग्छ।

तर, एकजना ट्रक ड्राइभर जेलभित्रै छ भन्‍ने सुनेपछि उनी सबैलाई झुक्याउँदै जेलभित्रै जान्छन्। तर, भित्र तारा सिंह नभई उनकै साथी अर्का ट्रक ड्राइभर हुन्छन्। उनले तारा सिंह पक्राउ नपरेको बताउँछन्। त्यतिकैमा सेनाले जितेलाई पनि नियन्त्रण लिई अनेक यातना दिन्छन्।

यता तारा सिंह भने आफ्नो घर फर्किसकेका हुन्छन्। त्यो दिन पाकिस्तानी सेनाले गरेको ब्लास्टपछि तारा सिंह नदीमा खसेका हुन्छन्। नदीमा बग्दै गरेको देखेपछि केही व्यक्तिले बचाएर उनलाई अस्पताल पुर्‍याएर बचाएका हुन्छन्। अस्पतालमा उपचारपछि उनी घर फर्किएका हुन्छन्। तर, फर्कंदा छोरा जिते आफूलाई खोज्न पाकिस्तान पुगेको खबरले उनी विगत सम्झँदै निकै आक्रोशित हुन्छन् र छोरालाई खोज्न पाकिस्तान पुग्छन्।

हिन्दूस्तानी जासुस बनी नक्कली भिसा, पासपोर्टमा पाकिस्तान भित्रिएर पाकिस्तानी छोरीलाई प्रेम जालमा फसाएको आरोप लगाउँदै जनरल हमिद इकवाल जितेलाई मृत्युदण्ड दिन प्रक्रिया अघि बढाउँछन्।

मृत्युदण्ड दिनुअघि जितेलाई अन्तिम इच्छा के छ भनेर सोधिन्छ। जितेलाई मृत्युदण्ड दिएको हेर्न भेला भएका पाकिस्तानी नागरिकहरूको भीडबाट छोरा आफ्नो बुवालाई भेट्न चाहन्छ भन्दै तारा सिंह भीडबाट बाहिर निस्कन्छन्।

उनी जनरल इकबालको छोरालाई निसाना बनाई आफ्नो छोरा जितेलाई त्यहाँबाट उम्काउन सफल हुन्छन्। जसले गर्दा जनरल इकबालले आफूभन्दा माथिको अफिसरबाट खप्की खानुपर्छ। उनलाई ७२ घण्टाभित्र बुवा-छोरा दुवैलाई पक्रिन आदेश पनि दिइन्छ।

सेनाले तारा सिंह र जितेको खोजी कडाइका साथ शुरु गर्छ। उनीहरू बसिरहेकै घरसम्म सेना पुगेपछि तारा र जिते त्यो स्थान छोड्न बाध्य हुन्छन्। सेनासँग लड्दै, भाग्दै बुवा-छोरा अलग्गिन्छन्।

पाकिस्तानी सेनाले दुवैलाई पक्रिन कुनै पनि कसुर बाँकी राख्दैनन्। यही क्रममा जितेमाथि सेनाको गोली चल्छ। यसपटक मुस्कानको परिवारले पनि जितेलाई साथ दिन्छन्। र, जितेलाई तारासँग भेट गराउँछन्। मुस्कानको परिवारका सदस्यले जिते, तारा सिंह र मुस्कानलाई बोर्डरसम्म पुर्‍याउन मद्दत गर्छन्। तर, बोर्डर पुग्‍नै लाग्दा फेरि जनरल इकबाल कैद गरिएका हिन्दूस्तानी सेनालाई मार्ने धम्की दिँदै एकपटक पुन: आफ्नो नियन्त्रणमा लिन सफल हुन्छन्। तर, यसपटक पनि तारा सिंह हिम्मत हार्दैनन्। जनरलको चंगुलबाट बाहिर निस्केर जनरल र उसको सेनाको सामना गर्छन् र हिन्दूस्तानी सेनालाई पनि उसको चंगुलबाट निकाल्छन्।

केही समयसम्म दुवै पक्षबीच गोलाबारुद चल्छ। लड्दालड्दै जनरल  इकवाल भारतीय सीमामा आइपुग्छन्। जहाँ भारतीय सेना पूरै तयारीका साथ तैनाथ हुन्छन्। उनी भारतीयको सेनाको शिकार हुन्छन्।

तारा र जिते मुस्कानलाई साथमा लिएर घर फर्केसँगै कथा समाप्त हुन्छ।

०००

गदर-२ अनिल शर्माद्वारा निर्देशित फिल्म हो। ‘गदर: एक प्रेम कथा’ पनि शर्माले नै निर्देशन गरेका थिए। ‘गदर : एक प्रेम कथा’ निर्माणको करिब २२ वर्षपछि शर्माले गदर-२ प्रदर्शनमा ल्याएका हुन्।

यस फिल्मको कथावस्तु शक्तिमान तलवारले लेखेका हुन्। जसमा मुख्य भूमिकामा सनी देओल (तारा सिंह), उत्कर्ष शर्मा (जिते सिंह), अमिशा पटेल (सखिना अलि सिंह), सिमरत कौर (मुस्कान खान), मनिष बाँध्वा (हमिद इकबाल) र गौरभ चोपराले लेफ्टिनेन्ट कर्नल देवेन्द्र रावतको भूमिका निर्वाह गरेका छन्।

६० करोडमा बनेको भनिएको गदर-२ ११ अक्टोम्बर २०२३ मा प्रदर्शनमा आएको थियो, जसले ६९१ करोड भारुभन्दा बढी कमाइसकेको छ।

प्रदर्शनमा आएको पहिलो दिन नै भारतभर नै ४० करोड १० लाख भारु कमाएको यस फिल्मले शुरुको साता १३४ करोड ८८ लाख भारु कमाएको थियो। फिल्ममा मिथुन, उत्तम सिंह र मोन्टि शर्माको संगीत छ।

शनिबार, जेठ १९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु
सुनचाँदीको मूल्य घट्यो
क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव
अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता
बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

भर्खरै

  • १.
    मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

  • २.
    सुनचाँदीको मूल्य घट्यो

  • ३.
    क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

  • ४.
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

  • ५.
    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

  • ६.
    बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

  • ७.
    प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

  • ८.
    आज विश्वकर्मा पूजा र वास्तु दिवस

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.