काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुली जाने भएका छन्। उनी सदरमुकाम सिन्धुलीमाढीमा पार्टी कार्यालय उद्घाटन गर्ने छन् ।
Advertisement
प्रचण्डले कार्यक्रम उद्घाटनपछि पार्टीका जिल्लास्थित नेता कार्यकर्तासँग निर्वाचन अभियानबारे छलफल गर्ने छन्। फागुनको तेस्रो साता सम्पन्न केन्द्रीय कमिटी बैठकपछि देशव्यापी निर्वाचन अभियानमा रहेका उनी विभिनन जिल्ला पुगेका छन्।
उनले अभियानको क्रममा मुख्य प्राथमिकता एक्लै निर्वाचनमा जाने माओवादीको तयारी रहेको बताउँदै आएका छन्। गठबन्धनलाई सहायक प्राथमिकता दिएको उनको भनाइ छ।