• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

नेपालमा छ्यापछ्याप्ति चिनियाँ कक्षा, बेखबर शिक्षा मन्त्रालय !


    Avatar photo
शुक्रबार, जेठ ११, २०८१ मा प्रकाशित

काठमाडौं- नेपालमा आर्थिक र राजनीतिक प्रभाव जमाउन खोज्दै आएको चीनले पछिल्लो समय भाषामाथि पनि प्रभाव जमाउन खोजेको देखिन्छ। नेपालका विभिन्‍न स्थानमा चिनियाँ भाषा अध्यापन हुँदै आएको छ। तर, त्यसको नियमनको पाटो कमजोर देखिन्छ। अझ भएका र स्वीकृतिमा सञ्‍‍चालनमा रहेका चिनियाँ कक्षाको विषयमा समेत राज्य बेखबर छ।

Advertisement

शिक्षा मन्त्रालयले डेढ वर्ष पहिला चिनियाँ भाषा अध्यापन गराउन चाहने इच्छुक विद्यालयको विवरण माग गर्‍यो। मन्त्रालयको माग अनुसार ५४ विद्यालयले इच्छा प्रकट गरे र स्वीकृति पाए। तर, चिनियाँ शिक्षालयमा केके भइरहेको छ भन्‍ने विषयमा मन्त्रालय बेखबर छ।

काठमाडौंका विद्यालयमा चिनियाँ शिक्षा तर मन्त्रालय बेखबर

काठमाडौंका नाम चलेका निजी तथा केही सामुदायिक विद्यालयमा चिनियाँ भाषा पढाइ हुँदै आएको छ। कतिपय विद्यालयमा कक्षा एकदेखि र कतिपय विद्यालयले कक्षा पाँचदेखि चिनियाँ भाषा पढाउँदै आएका छन्।

करिब १४ वर्षअघि शिक्षा मन्त्रालयले नै चिनियाँ भाषा अध्ययन गराउन चाहने विद्यालयका लागि सूचना जारी गरेको थियो। शुरुमा ५४ वटा विद्यालयले चिनियाँ भाषा पढाउने अनुमति लिए पनि अहिले त्यस्ता विद्यालयको संख्या ६० नाघेको अनुमान छ। तर, शिक्षा मन्त्रालयसँग त्यसको आधिकारिक तथ्यांक नै छैन।

उनीहरूले पाठ्यक्रम विकास केन्द्रले विकास गरेको ऐच्छिक विषयअन्तर्गत चिनियाँ भाषा पढाउँदै आएका छन्। लर्निङ रेल्म इन्टरनेसनल (एलआरआई), पाठशाला, रोजबड, युरो, अक्षरा, वागमती, जोसेफ, वृहस्पति विद्या सदन, त्रियोग, जेम्सलगायत स्कुलले चिनियाँ भाषा पढाउँदै आएका छन्।

एलआरआईका संस्थापक अध्यक्ष शिवराज पन्त नेपाल र चीनबीचको पुरानो मैत्री सम्बन्ध, चिनियाँ विकासलगायत विषयलाई भाषाका माध्यमबाट सिक्न सकिने र सबैभन्दा धेरै जनसंख्या भएको तथा विश्‍व अर्थतन्त्रको पहिलो स्थानमा रहेको छिमेकीको भाषा सिक्नु सकारात्मक भएको बताउँछन्। भन्छन्, ‘नयाँ भाषा सिक्नु आफैंमा राम्रो विषय हो, त्यसमाथि छिमेकी र विश्‍व अर्थतन्त्रको पहिलो शक्ति बन्‍ने दौडमा रहेको देशको भाषा सिक्नु अझ राम्रो पक्ष हो।’

ललितपुरको जेम्स स्कुलले त विद्यार्थीहरूलाई चीन भ्रमणमा लैजानेसमेत गरेको छ। केही विद्यालयमा चिनियाँ स्वयंसेवकहरू नै आएर चिनियाँ भाषा पढाउँदै आएका पनि छन्।

शिक्षाको अधिकार स्थानीय तहमा गए पनि केन्द्रले आधारभूत तहमै विदेशी भाषा अध्यापन गर्न पाउने व्यवस्था छैन। ऐच्छिक विषयमा पठनपाठन गराउन पाउने भए पनि उच्च शिक्षाका लागि कानूनी मान्यता छैन। नेपालमा अंग्रेजी भाषालाई मात्र विद्यालय शिक्षामा पठनपाठन गरिँदै आएको छ। अंग्रेजी भाषालाई अन्तर्राष्‍ट्रिय नभएर ग्लोबल भाषाको रूपमा मान्यता पाएपछि विद्यालयमा पठनपाठन हुँदै आएको हो।

संयुक्त राष्‍ट्र संघको औपचारिक कामकाजमा अंग्रेजी, चिनियाँ, फ्रान्सेली, रुसी, स्पेनिस र अरबी भाषाको प्रयोग हुन्छ। विश्‍वमा सवैभन्दा बढी बोलिने भाषा हो, चिनियाँ। उक्त भाषा बोल्नेको संख्या एक अर्बभन्दा बढी छ। जब कि, अंग्रेजी भाषा ५१ करोडले मात्र बोल्ने गरेको अनुमान छ। त्यसैले पनि चिनियाँ भाषालाई अंग्रेजीसरह मान्यता दिँदै विद्यालय तहमै पठनपाठन गर्नुपर्छ भनेर वकालत गर्नेहरू बढ्दो क्रममा छन्।

पाठ्यक्रम विकास केन्द्रले चिनियाँ भाषा विषय पढ्ने विद्यार्थीका लागि पाठ्यक्रम नै पास गरेको छ। उनीहरूले ऐच्छिक विषयका रूपमा चिनियाँ भाषा पढ्न पाउँछन्। आधारभूत तहमा भने कुनै पनि भाषा पढाउने गरी पाठ्यक्रम भने पास नभएको शिक्षा मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहाल बताउँछन्।

विश्‍व भाषामा चिनियाँ कक्षा

त्रिभुवन विश्‍वविद्यालयको विश्‍व भाषा क्याम्पसमा ०२८ सालदेखि चिनियाँ भाषा पढाइ हुँदै आएको छ। पछिल्लो समय चिनियाँ भाषा अध्ययन गर्नेहरूमा नेपाली नागरिक धेरै भए पनि विश्‍वभाषा क्याम्पसमा भने विद्यार्थी चाप पहिलाको जस्तो देखिँदैन। विश्‍वभाषा क्याम्पसमा पहिलो सेमेस्टरमा ४०० जना विद्यार्थीले चिनियाँ भाषा अध्ययनका लगि भर्ना गरेको क्याम्पसको तथ्यांकले देखाउँछ।

नेपालमा चिनियाँ भाषा पढाउने एक मात्र क्याम्पस विश्‍वभाषा हुँदा एउटै कक्षामा १२० जनासम्म विद्यार्थी राखेर पढाएको सम्झना तत्कालीन शिक्षकहरूमा छ।

तर, अहिले अन्यत्र पनि चिनियाँ भाषा पढाइ हुन भालेपछि विश्‍वभाषा क्याम्पसमा चाप घटेको छ। हाल एउटा कक्षामा चिनियाँ भाषा पढ्ने विद्यार्थीहरू ३० देखि ४० जनासम्म हुने गरेको प्राध्यापक गणपति शर्मा बताउँछन्। ती विद्यार्थीहरूमध्ये केही चीनका विभिन्‍न स्थानबाट सामग्री ल्याएर नेपालमा व्यवसाय गर्छन् भने केही चिनियाँ पर्यटकका लागि गाइड बन्‍ने गरेका छन्।

त्रिभुवन विश्‍वविद्यालयको विश्‍वभाषा क्याम्पसमा चिनियाँ भाषा पढाउँदै  आएका प्राध्यापक शर्मा नेपालमा चिनियाँ भाषा सिक्नेको संख्या उल्लेख्य रहेको बताउँछन्। चिनियाँ भाषा सिक्नुको उद्देश्य व्यापार र पर्यटन व्यावसाय हुने गरेको उनको भनाइ छ।

काठमाडौं विश्‍वविद्यालयमा ‘कन्फ्युसियस इन्स्टिच्युट’

काठमाडौं विश्‍वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटले पनि नेपाली विद्यार्थी लक्षित चिनियाँ भाषा कक्षा सञ्‍‍चालन गरिरहेको छ। सन् २०१६ देखि शुरु भएको चारवर्षे उक्त कोर्स ‘बीएड इन चाइनिज ल्याङ्ग्वेज टिचिङ’ नाममा छ। यस्तै, नेपाल पर्यटन बोर्डले नेपाल-चाइना कल्चरल एन्ड एजुकेसनल काउन्सिल (एनसीसीईसी)को व्यवस्थापनमा चार वर्षदेखि भाषा प्रशिक्षण कार्यक्रम गर्दै आएको छ।

ललितपुरको बालकुमारी र काभ्रेको धुलिखेलमा कन्फ्युसियस इन्स्टिच्युटमार्फत चिनियाँ भाषा र संस्कृति पढाइ हुँदै आएको छ। ६ जना चिनियाँ प्रशिक्षक नै राखेर भाषा र संस्कृतिको अध्ययन गराउँदा अन्य नेपाली प्राध्यापकले समेत चिनियाँ भाषाको कक्षा दिँदै आएका छन्। इन्स्टिच्युटमा सामान्य, मध्य र उच्च गरी तीन खालका कक्षा सञ्‍‍चालन हुँदै आएका छन्। कन्फ्युसियस इन्स्टिच्युटको वृद्धि तीव्र गतिमा छ।

चीनले नेपालमा ‘पाण्डा बुक कर्नर’ नामबाट पुस्तकालय प्रोजेक्ट पनि सञ्‍‍चालन गर्दै आएको छ। काठमाडौंका विभिन्‍न विद्यालयमा स्थापित त्यस्ता पुस्तकालयहरूमा माओत्से तुङदेखि हालका राष्‍ट्रपति सी जिनपिङसम्मका नेताहरूको जीवनी, चिनियाँ संस्कृति, भूगोल, पर्यटकीयस्थल र साहित्यसँग सम्बन्धित सयौं किताबहरू छन्।

यो प्रोजेक्टअन्तर्गत ०७६ सालमा नेपालका तत्कालीन वन तथा वातावरण मन्त्री शक्ति बस्‍नेत र तत्कालीन चिनियाँ राजदूत यु होङले पहिलो चरणमा दरबार हाइस्कुल, बागेश्‍वरी उच्च मावि, पाठशाला नेपाल फाउन्डेशन, अक्षरा स्कुल र युरो स्कुलमा पुस्तकहरू हस्तान्तरण गरेका थिए।

नेपालमा चिनियाँ स्वयंसेवक

शिक्षा मन्त्रालयको स्वयंसेवक परिचालन तथा भिसा शाखाका अनुसार नेपालमा हाल ७६ जना चिनियाँ नागरिक स्वयंसेवकको रूपमा काम गर्दै आएका छन्। तीमध्ये विश्‍वभाषा क्याम्पसमा ३, त्रिविकै अन्य विभागअन्तर्गत रहने गरी ४, काठमाडौं विश्‍वविद्यालयमा ६ र विद्यालय भवन निर्माणमा सहयोग गर्ने भन्दै ६३ जना चिनियाँ नागरिक स्वयंसेवकको रूपमा खटिएको शाखा अधिकृत देवीलाल विष्‍ट बताउँछन्।

उनका अनुसार विद्यालय भवन निर्माणमा खटिएका भनिएका स्वयंसेवक रसुवा, नुवाकोट, दोलखालगायत जिल्लामा परिचालित छन्। उनीहरूले नेपालमा चिनियाँ भाषा सिकाउँदै आएका पनि छन्।

यसबाहेक केही स्थानीय तहले चीनकै स्वयंसेवक शिक्षकमार्फत विद्यालय तहमा चिनियाँ भाषा पढाउँदै आएका छन्। तर, उनीहरू कति संख्यामा छन् भन्‍ने तथ्यांक शिक्षा मन्त्रालयमा छैन।

चिनियाँ भाषा पढाउँदै भोटेकोशी गाउँपालिका

शिक्षाको गुणस्तर भन्‍नेबित्तिकै अंग्रेजी भाषा भन्‍ने भाष्‍य स्थापित बन्दै जाँदा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले भने मन्डारिन पढाउन थालेको छ। नीतिगत निर्णय नगरे पनि गाउँपालिकाले चिनियाँ भाषा कक्षाका लागि झिर्पु माविमा कक्षा ८-१२ मा चिनियाँ भाषा पढाउन शुरु गरेको हो।

चिनियाँ भाषाप्रति अभिभावक तथा विद्यार्थीको रुझानका कारण अन्य विद्यालयमा पनि चिनियाँ भाषा कक्षा सञ्‍‍चालनको तयारी भइरहेको गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पा बताउँछन्। भन्छन्, ‘चीनसँगको सिमाना जोडिएका कारण चिनियाँ भाषाप्रति विद्यार्थीको लगाव बढ्दो छ। अभिभावकको माग पनि बढेका कारण अब अन्य विद्यालयमा पनि सञ्‍‍चालन गर्ने योजना छ। जसका लागि बजेटको व्यवस्था मिलाउँछौं।

चीनसँग नाका जोडिएको गाउँपालिका भएकाले भाषा नबुझेर स्थानीय बासिन्दालाई समस्या हुने गरेको र शिक्षा तथा रोजगारीका हिसाबले पनि उपयुक्त हुने हुँदा चिनियाँ भाषा भाषा पढाउन थालिएको पालिका अध्यक्ष शेर्षा बताउँछन्। चिनियाँ दूतावाससँगको समन्वयमा यहाँका विद्यार्थीलाई उच्च शिक्षाका लगि चीन पठाउने विषयमा पनि पालिकाले पहल थालेको छ।

किन चिनियाँ भाषा ?

विश्‍व अर्थतन्त्रको शीर्ष स्थानमा उक्लने प्रयासमा रहेको चीनसँग नेपालको निकट सम्बन्ध छ। नेपाल-चीन व्यापार, लगानी, विकास निर्माण, शिक्षा र संस्कृति आदानप्रदान गरी नागरिकस्तरको सम्बन्ध अझ प्रगाढ बनाउने चीनको घोषित नीति नै छ। नेपालका कतिपय नेताहरूको स्वास्थ्य उपचारको गन्तव्यसमेत चीन नै हुने गरेको छ। त्यसैले चीनले हरेक वर्ष नेपालका सयौं नेता, पत्रकार, व्यापारी, कर्मचारी, सामाजिक अभियन्तालगायतलाई निःशुल्क चीन घुमाउने गरेको छ।

यसबाट पनि चिनियाँ भाषाको ज्ञान बढाउने दबाब बढेको विज्ञहरू बताउँछन्। कुनै समय चिनियाँभन्दा अन्य भाषामा कठिन देखिएको चीन क्रमशः अन्य भाषामा पनि उदार बन्दै छ। चिनियाँहरू आफ्नोबाहेक अन्य भाषामा पनि उत्तिकै दख्खल राख्‍ने गरेका छन्। चीन पनि अन्य देशका नागरिकमा चिनियाँ भाषाप्रतिको मोह बढाउन चाहन्छ। त्यसैले विश्‍वका विभिन्‍न देशमा चिनियाँ भाषा अध्ययन केन्द्रहरू सञ्‍‍चालित छन्।

पछिल्लो समय नेपालमा चिनियाँ सामग्रीको प्रभाव बढ्दो छ। नेपालमा चिनियाँ उत्पादनले बजार बढाउँदै गर्दा नेपालमै रोजगारीको अवसर सिर्जना हुने हुँदा पनि नेपालमा चिनियाँ भाषाको आवश्यकता बढ्दो क्रममा रहेको विज्ञहरू बताउँछन्। काठमाडौंका ठमेल, महाबौद्ध, बौद्ध, स्वयम्भूलगायत स्थानमा चिनियाँ व्यावसायीको बढ्दो प्रभाव छ। नेपालमा चीनबाट स्मार्ट फोन, मेसिनरी पार्टस्, सवारीसाधन, तयारी पोशाक, खाद्यान्‍न, फलफूल, तरकारीदेखि खेलौनासम्म आयात हुने गरेका छन्। यतिसम्म कि चीनबाट जनै र रक्षाबन्धनको धागोसमेत आयात हुने गरेका समाचारहरू आइरहन्छन्।

नेपालबाट भने गलैंचा, चिया, जडिबुटी, पास्ता, फेल्ट, फर्निचर, हातेकागजजस्ता सामग्री निर्यात हुने गर्छन्। एकातिर उत्पादनमा कमी र अर्कोतर्फ भाषाको ज्ञानको अभावका कारण पनि चीनमा नेपाली बजार फस्टाउन नसकेको धेरैको बुझाइ छ।

चिनियाँ पर्यटकका लागि नेपाल उपयुक्त गन्तव्य बन्दै गएको छ। नेपालमा हरेक वर्ष लाखौंको संख्यामा चिनियाँ पर्यटक आउने भएका कारण नेपालको पर्यटन प्रबर्द्धन र रोजगारी सिर्जनामा प्रशस्त सम्भावना रहेकाले चिनियाँ भाषा बोल्न र बुझ्‍न सक्ने हुनु नेपालको आवश्यकता रहेको विज्ञहरू बताउँछन्।

शुक्रबार, जेठ ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
टिपरको ठक्करबाट मृत्यु
मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु
कारागारबाट फरार माझी पक्राउ
घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

भर्खरै

  • १.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    टिपरको ठक्करबाट मृत्यु

  • ४.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

  • ५.
    कारागारबाट फरार माझी पक्राउ

  • ६.
    घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • ७.
    देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

  • ८.
    इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.