• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

नुहाउँदा कानमा पानी पसेमा के गर्ने ?


    Avatar photo
मङ्गलबार, जेठ ०८, २०८१ मा प्रकाशित

नयाँदिल्ली- हाम्रा ६ ज्ञानेन्द्रिय हुन्- आँखा, कान, नाक, जिब्रो र छाला। तिनले हामीलाई दृष्‍टि, श्रवण, गन्ध, स्वाद र स्पर्शको अनुभूति दिलाउँछन्। तीमध्ये एउटा मात्र पनि अनुभूति गायब भयो भने मानिस अधुरो रहन्छ।

Advertisement

कानले गर्भावस्थादेखि नै सुन्‍न थाल्छ। र, कान हाम्रो शरीरको सबैभन्दा संवेदनशील अंगमध्ये एक हो।

भारतमा ६.३० करोड मानिस बहिरोपनको शिकार भएको विश्‍व स्वास्थ्य संगठनको रिपोर्ट छ। कानमा भाइरस र ब्याक्टेरियाका कारण इन्फेक्सनको जोखिम पनि उत्तिकै हुन्छ। र, कानमा इन्फेक्सनको समस्या बालबालिकामा बढी देखिन्छ।

तथापि, कुनै पनि उमेर समूहका व्यक्तिमा कानको इन्फेक्सन हुने जोखिम उत्तिकै रहन्छ। त्यसको मुख्य कारण ब्याक्टेरिया र भाइरस नै हुन्छन्।

कानमा इन्फेक्सन भएमा दुई तरिकाबाट उपचार गरिन्छ- मेडिकल्ली र सर्जिकल्ली। सामान्य इन्फेक्सनलाई औषधिहरूबाटै निको पार्न सकिन्छ। तर, लामो समय इन्फेक्सन भएको छ भने त्यसले कानका हड्डीहरूलाई क्षति पुर्‍याउन सक्छ। त्यस्तो अवस्थामा शल्यक्रिया अनिवार्य हुन जान्छ।

नुहाउँदा र पौडी खेल्दा कानमा पानी पस्‍ने सम्भावना अधिक रहन्छ। शरीरमा अन्य अंगमा पसेको पानी चाँडै सुक्छ। तर, कानमा पानी पस्यो भने फंगल इन्फेक्सन गराउँछ।

त्यसरी पानी पस्यो भने कानलाई एकतिर झुकाएर कानको तल्लो भागमा विस्तारै तान्‍नुपर्छ। त्यसबाट कानको द्वार सीधा हुन्छ र पानी बाहिर निस्किन्छ।

त्यसपछि कानको बाहिरी हिस्सालाई सावधानीपूर्वक मुलायम तौलिया या कपडाले सफा गर्नुपर्छ। तर, कानभित्र कुनै पनि प्रकारका कपडा घुसाउनु हुँदैन।

तर, त्यसबाट पनि आराम भएन भने चिकित्सकको सम्पर्कमा जानुपर्छ। र, चिकित्सकले पानी बाहिर निकालिदिन्छन्। कानबाट पानी निकाल्न औंला भित्र छिराउनु हुँदैन। त्यसो गर्दा कानको भित्री भागमा चोट लाग्‍न सक्छ।

त्यसैले नुहाउँदा सफा गर्ने नाममा कानमा पानी नहाल्न चिकित्सकहरूले सुझाउँदै आएका छन्। कानलाई सफा हुन पानी या साबुनको आवश्यकता पर्दैन। कान आफैंले समय-समयमा सेल्फ क्लिनिङ गराउँछ।

कानमा इयरभ्याक्स नामक एक चिपचिपा पदार्थ हुन्छ। त्यसलाई कानेगुजी पनि भनिन्छ। सोही पदार्थका कारण कानको नलीको छाला सधैं नुनिलो रहन्छ। त्यसले कानको भित्री भागसम्म धुलो, माटो पुग्‍न दिँदैन। जस्तो- कानमा आज कुनै डट हालियो भने ५ या ६ सातापछि त्यो आफैं बाहिर निस्किन्छ।

मानिसले कुनै चिज चपाउँदा कानमा पनि दबाब पर्छ। र, कानभित्र जमेको फोहोर आफैं बाहिर निस्किन्छ। त्यसैले हामीले बेला-बेलामा गर्ने कटन बड्सको प्रयोग कानको बाहिरी हिस्साका लागि मात्र हो। त्यसबाट भित्री हिस्सा सफा गर्ने प्रयास नै गर्नु हुँदैन।

त्यस्तो इयर बड्सले उल्टै बाहिर निस्किँदै गरेको फोहोर भित्रै ठेलिन सक्छ। त्यसबाट कानमा इन्फेक्सनको खतरा अझ बढाउँछ।

कानको भित्री भाग चिलायो या दुख्यो भने तोरीको तेल कानमा हाल्दा ठीक हुन्छ भन्‍ने भ्रम पाइन्छ। कतिपयले जैतुन या नरिवल तेल पनि हाल्ने गर्छन्। तर, त्यो झनै खतरनाक सावित हुने चिकित्सकहरू बताउँछन्। त्यसरी हालिएको तेलले कानको नलीमा चोट लाग्‍ने या कानको पर्दामा प्वाल पर्ने जोखिम पनि उत्तिकै हुन्छ। त्यसैले कहिल्यै कानमा तेल नहाल्न चिकित्सकहरू सुझाउँछन्।

मङ्गलबार, जेठ ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.