• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

मह र सख्खरबाट पनि बढ्छ ब्लड सुगर


    Avatar photo
आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित

नयाँदिल्ली- चिकित्सकहरूले मह र सख्खर ज्यादा खाँदा पनि शरीरमा ब्लड सुगरको मात्रा बढ्ने बताएका छन्।

Advertisement

भारतलाई संसारभरको डाइबिटिजको राजधानी पनि भन्‍ने गरिन्छ। किनकि, संसारभरका डाइबिटिजका बिरामीमध्ये १७ प्रतिशत भारतमै छन्।

डाइबिटिज खासगरी जीवनशैलीसँग जोडिएको बिमारी हो। र, वंशाणुगत कारणले पनि त्यसको समस्या हुन्छ। प्रोसेस्ड फुडको अधिक सेवन, हाई क्यालोरी डाइट, शारीरिक निष्क्रियता र गम्भीर तनावका कारण पनि डाइबिटिज हुन्छ। शरीरमा अधिक बोसो, पेटमा जमेको बोसोले पनि डाइबिटिज गराउँछ।

डाइबिटिज व्यवस्थापनका लागि पहिले ब्लड सुगरको स्तर र इन्सुलिन रेजिस्टेन्सबारे बुझ्‍नु जरुरी छ। भोजनबाट प्राप्त हुने कार्बोहाइड्रेट ग्लुकोजमा टुक्रिएर रक्त प्रवाहमा सामेल हुन्छ। त्यसपछि प्यांक्रियाज इन्सुलिन हर्मोन रिलिज गर्छ, जसले ग्लुकोजलाई ऊर्जाका रूपमा ग्रहण गर्न शरीरका कोशिकाहरूलाई मद्दत गर्छ।

कोशिकाहरूले जब इन्सुलिनप्रति कम प्रतिक्रिया दिन थाल्छन्, तब इन्सुलिन रेजिस्टेन्स हुन थाल्छ। त्यसपछि ग्लुकोजको ठीक उपयोग हुन सक्दैन। त्यसबाट ब्लड सुगरको स्तर निरन्तर बढ्छ। र, डाइबिटिजको खतरा पैदा हुन्छ।

त्यसैले हाई प्रोटिनयुक्त नास्ता खान चिकित्सकहरू सल्लाह दिन्छन्। त्यसका कारण बिहानैदेखि ब्लड सुगरको स्तर स्थिर रहन्छ। र, गुलियो खाने इच्छा कम हुन्छ। खासमा, प्रोटिनलाई पच्न लामो समय लाग्छ। त्यसका कारण ब्लड सुगर तीव्र गतिमा बढ्दैन।

उदाहरणका लागि फ्राइ राइस र पराठाको साटो मुङ दाल, पनिर र अण्डा नास्तामा लिनु उपयुक्त हुन्छ। ती वस्तुमा प्रोटिन अधिक हुन्छ। र, भोकलाई नियन्त्रणमा राख्‍न त्यस्ता वस्तुले मद्दत गर्छन्।

ती वस्तुले अपराह्नमा ब्लड सुगर गिरेर अचानक हुने कमजोरी र थकानबाट पनि बचाउँछन्। र, गुलियो वस्तु खाने इच्छा कम गराउँछन्।

त्यसैले सही खानाको छनोट नै ब्लड सुगर व्यवस्थापनका लागि महत्त्वपूर्ण हुन्छ। र, भोजनको शुरुवात नै हाई फाइबरयुक्त खानेकुराबाट गर्नुपर्छ। त्यसमा पनि प्रोटिनयुक्त खाना शरीरका लागि साह्रै लाभदायक हुन्छन्। भात, रोटीजस्ता खानेकुरा अन्तिममा थोरै मात्र खानु राम्रो हुन्छ।

सबैभन्दा पहिले सलाद या कम तेलमा पाकेका सब्जीहरू खाऊँ। त्यसपछि चिकेन, माछा, पनिरजस्ता प्रोटिनयुक्त खाना खाऊँ। र, अन्तिममा दाल र सब्जीका साथमा थोरै भात या रोटी खाऊँ।

सादा चामल, मैदाजस्ता उत्पादन, आलु, कर्नफ्लक्ेस, इन्स्ट्यान्ट नुडल्स, मठिाई, मह, सख्खर, फ्रुट जुस र गुलिया पेय पदार्थ कम खाऊँ। ती पदार्थले ब्लड सुगर तीव्र गतिमा बढाउँछन्।

(भास्कर डट कमबाट)

आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.