Advertisement
अभिनेता पल शाहविरुद्ध बलात्कार अभियोगमा पूर्वी नवलपरासीस्थित जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।
आफूलाई ७ चैत ०७७ मा गैंडाकोटस्थित एक होटलमा पल शाहले बलात्कार गरेको आरोपमा तीन साताअघि इलाका प्रहरी गैंडाकोटमा उजुरी गरेकी थिइन्। सोही आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। अनुसन्धानपछि अदालतमा बिहीबार मुद्दा दायर गरेको हो।
मदिरा सेवन गरेर पलले बलात्कार गरेको आरोप ती किशोरीले लगाएकी छन्। प्रहरीले दायर गरेको मुद्दामा पललाई १२ देखि १४ वर्षसम्म जेल सजायको मागदाबी गरिएको छ।