नेपालमा ‘गोलमाल’ नामको
राजनीतिक सिनेमा चलिरहेको छ
को हिरो ? को भिलेन ?
छुट्याउनै गाह्रो
कमेडियन भने रमाइला छन्
Advertisement
सिनेमा कहिले काठमाडौं
कहिले मधेश
कहिले कुन प्रदेश
कता चल्ने हो थाहै छैन
सिनेमामा लगानी धेरै भए पनि
कथावस्तुले लहर समातेको छैन
डायलग झुर छ
सिनेमा फ्लप छ
लगानी पाँच प्रतिशत पनि
नउठ्ने भएको छ
हिरोहरूको स्टारडम झरेर
शून्यमा पुगेको छ
सिनेमा हलमा बोर भएर
दर्शक कराएका छन्
गरियाएका छन्
सुपर फ्लप बुडाखाडा
कलाकार र
झुर कथावस्तुका साथ
अर्को सिनेमा लन्च गर्न
पनि खोज्दै छन् रे !
बजारमा आउनुभन्दा पहिलै थाहा छ
अर्को सिनेमा पनि
महाझुर हुनेछ भनेर