उदयपुर- बेलका नगरपालिका-६ जोगेनीस्थित सडकमा स.७ प ८६९२ नम्बरको मोटरसाइकलको ठक्करबाट पदैलयात्री सोही नगरपालिका-३ बस्ने ७६ वर्षीया राम माया आलेमगरको बुधबार बिहान मृत्यु भएको छ ।
Advertisement
ठक्करबाट गम्भीर घाइते भएका उनको बेलका नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।