मकवानपुर- कैलाश गाउँपालिका-७ रतुवास्थित सडकबाट करिब ५ किलो अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ र नगद १ लाख रुपैयाँ गएराति प्रहरीले बरामद गरेको छ ।
Advertisement
तामलाङबाट रतुवातर्फ जाँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले रोक्न खोज्दा मोटरसाइकल र झोला फाली चालक फरार भएपश्चात झोला जाँच गर्दा उक्त पदार्थ र नगद फेला पारी बरामद गरेको हो ।