देश बनाउने भनेर
सत्तामा पुगेका महामहिमहरूको
चर्तिकला बुझी नसक्नु छ
Advertisement
कोही नक्कली भुटानी शरणार्थीको
नाममा ठगीको व्यापार गर्दै ठिक्क
कोही भुईंमान्छेको पसिना बगाएर
जम्मा गरेको
सहकारीको रकम डुबाउँदै ठिक्क
कोही सरकारी सम्पत्ति
अरूका नाममा सार्दै ठिक्क
कोही देशलाई भारी बोकाउने गरी
आफ्ना परिवार तह लाउँदै ठिक्क
कोही आफ्ना छोराछोरीलाई
सित्तैंमा पढाउन
विदेशीको चाकरी गर्दै ठिक्क
कोही जनताको पसिनाबाट जम्मा गरेको
देशको ढुकुटी चुस्दै ठिक्क
कोही डकैती शैलीमा लुटेको धन
विदेशमा थन्क्याउँदै ठिक्क
लाज शर्मले पनि लाज मानेपछि
बदमाशी गर्नेहरू
भ्रष्टाचारको सिता अड्किएको दाँत
ङिच्च देखाउँदै ठिक्क