पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन्। उनलाई सभामुखले समेत मत दिएका छन्।
Advertisement
मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा पेस गरेको विश्वासको मतको प्रस्तावमा ३० सांसदले समर्थन जनाए। लगत्तै सभामुख कृष्णप्रसाद धितालले निकास दिन आफ्नो पनि मत अधिकार भएको घोषणा गर्दै विश्वासको मतको पक्षमा समर्थन गर्दै मुख्यमन्त्री अधिकारीले विस्वासको मत पाएको घोषणा गरे।
६० सदस्यीय गण्डकी प्रदेशसभामा विश्वासको मतका लागि ३१ सांसदको समर्थन चाहिन्छ। नेपाली कांग्रेसका २७ सांसदले प्रस्तावको विपक्षमा मत हाल्दा राप्रपाका दुई सांसद तटस्थ रहे।