काठमाडौँ । सरकारले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।
Advertisement
संसद अधिवेशनको अन्त्य र सुरुवात सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था रहेको छ । संसदको जारी अधिवेशनमा प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गरेको थियो ।
त्यस्तै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव दर्ता भएको छ । यसका लागि छलफल नहुँदै अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको हो ।