काठमाडौं- काठमाडौं महानगरपालिका-११ थापाथलीस्थित सन्यासी अखडाको टहरामा नुवाकोट त्रिशुली घर बताउने करिब ८५ वर्षीय शिवराम गिरी नाम बताउने व्यक्ति सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौं महानगरपालिका-१६ बालाजु माछापोखरीस्थित चौरमा हाल नाम, थर, वतन नखुलेका करिब ३२ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
खोटाङ दिप्रुङचुईचुम्मा गाउँपालिका-६ दिउँ बस्ने ३८ वर्षीय सन्तोष भन्ने जसधन तामाङ सोही गाउँपालिका-५ स्थिात खोष्टुङ खोलाको छिपछिप पानीमा सोमबार मृत अवस्थामा फेला परेका छन् । फागुन २६ गतेदेखि हराएका उनको खोजी गर्ने क्रममा उक्त खोलामा शव फेला परेको हो । जाजरकोट, भेरी नगरपालिका-३ ठाँटीस्थित जयकृष्ण पोल्टी सप्लायर्समा काम गर्ने भेरी नगरपालिका-१ कालेगाउँ बस्ने २७ वर्षीय भीम बहादुर बुढाथोकी सोही ठाउँस्थित बाटोको छेउमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।