• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

भोटेकोशी बाढीः एक हजार ३९९ शव फेला

भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ६. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

‘स्क्यान्डल’ मन्त्री आलेको अर्को विवाद : पर्यटन बोर्ड सदस्यमा नियुक्त लामाको राजीनामा नै किर्ते?


सोमबार, फागुन ३०, २०७८ मा प्रकाशित

Advertisement

पर्यटन बोर्ड सदस्यमा नियुक्त काभ्रेका लीलाबहादुर लामा तामाङको नियुक्ति र राजीनामा स्वीकृति विवादमा परेको छ।

६ फागुनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले उनलाई बोर्डको कार्यकारी समिति सदस्य मनोनित गरेका थिए। तर, उनको नियुक्ति विवादमा परेपछि राजीनामा मागिएको बताइएको थियो। र, मन्त्री आलेले स्वीकृत गरेको पत्र थमाइएको थियो।

यसअघि उनको राजीनामा स्वीकृत भएको पत्रमा उल्लेखित मिति विवादमा परेको थियो। पत्रको बेहोरामा १० फागुनमा उनले राजीनामा दिएको र सोही दिन स्वीकृत भएको उल्लेख छ। तर, पत्रको मिति २२ माघ लेखिएको छ।

तर, तामाङले उच्च अदालत पाटनमा २३ फागुनमा दायर गरेको रिटमा आफूले राजीनामा नदिएको र जालसाँजीपूर्वक राजीनामा स्वीकृत भएको पत्र थमाइएको उल्लेख गरेका छन्। ‘मेरो नियुक्तिको विषयमा भ्रामक तथा कपोलकल्पित र अप्रमाणित समाचारहरू विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएको तथा माननीय मन्त्रीको आफ्नो राजनीतिक दलको मानिस बोर्डमा नियुक्त नभएको भनी समाचारहरू प्रकाशित भएपछि माननीय मन्त्रीले राजीनामा गर्न अनुरोध गर्नुभएको थियो,’ उनले रिटमा भनेका छन्, ‘तर, मैले आफूले राजीनामा नदिने भनी अडान लिएपछि मन्त्रालयले फागुन १० को माननीय मन्त्रीस्तरको निर्णयानुसार राजीनामा स्वीकृत भएको जानकारी भनी मलाई पत्र दिएको छ। मन्त्रालयले माघ २२ उल्लेख गरिएको पत्र दिएको छ। यसरी मन्त्रालयले मेरो नियुक्ति हुनुभन्दा अगावै हुँदै नभएको तथाकथित राजीनामा र राजीनामा स्वीकृत गर्ने निर्णयले कानूनी शासनको मूल्य र मान्यता समाप्त भएको प्रष्ट देखिन्छ।’

‘राज्यका प्रत्येक निकाय र पदाधिकारीले कानूनबमोजिम आफ्नो कार्य गर्नुपर्ने हुन्छ। कानूनबमोजिम नभएको वा कानूनको उचित प्रक्रिया पूरा नगरी गरिएको कार्य वा निर्णय बदरभागी हुने सर्वोच्च अदालतबाट स्थापित नजिर निर्णयविपरीत विपक्षीहरूको काम कारवाही बदनियतपुर्वक भई सर्वथा बदरभागी छ,’ लामाले रिटमा उल्लेख गरेका छन्, ‘विपक्षीले स्वेच्छाचारी रूपमा गरेका निर्णयले संविधान तथा प्रदान गरेको मेरो बोर्डको कार्यकारी हुने नैसर्गिक अधिकार कुण्ठित भई ममाथि ठूलो अन्याय भएकाले उक्त गैरकानूनी रूपमा मलाई जानकारी नदिई जालसाजीपूर्ण ढंगले गरिएको राजीनामाको निर्णयलाई खारेज गरी मेरो नियुक्ति यथावत कायम गरिपाउँ।’

रिटमा उनले किर्ते राजीनामाको कागज बनाई आफ्नो नामसम्म उल्लेख गरी हस्ताक्षर गरी आफूखुशी राजीनामा स्वीकृत भएको भनी पदबाट हटाउने काम गरिएको उल्लेख गरेका छन्। यसबाट कानूनको शासनको खिल्ली उडाइएको र स्वेच्छाचारिता प्रदर्शन गरिएको तामाङले रिटमा बताएका छन्।

‘एकातिर मलाई बोर्डको बैठकमा फागुन २२ मा उपस्थित हुनु भनी पत्र पठाइएको अवस्था छ भने मैले दिँदै नदिएको राजीनामा फागुन १० मा मन्त्रीस्तरको निर्णयले स्वीकृत गरिएको भन्ने पत्र प्रेषित गर्नुले मेरो इज्जत प्रतिष्ठामा समेत असर परेको छ,’ रिटमा भनिएको छ।

उनको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश भोजराज अधिकारीको इजलासले २६ फागुनमा अल्पकालीन अन्तरिम आदेश दिएको छ। र, विपक्षीहरूलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न इजलासले आदेश दिएको छ। पक्ष–विपक्ष दुवैलाई ६ चैतमा छलफलका लागि बोलाइएको छ।

सोमबार, फागुन ३०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु
कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन
मेलाबाट उठेको रकम पर्यटनमा लगानी
पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

भर्खरै

  • १.
    ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

  • २.
    जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

  • ३.
    आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

  • ४.
    कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

  • ५.
    मेलाबाट उठेको रकम पर्यटनमा लगानी

  • ६.
    पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

  • ७.
    टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३९९ शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.