काठमाडौं- चितवन ईच्छाकामना गाउँपालिका-२ रमाईलो डाँडामा प्रदेश२-०३-००२ प ५९८६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकलमा चालक सोही गाउँपालिका-२ बस्ने ३४ वर्षीय रविन गुरुङ, मोटरसाइकलमा सवार सोही गाउँपालिका-३ बस्ने ३० वर्षीया प्रतिभा गुरुङ र प्रतिभाकै छोरा ५ वर्षीय आर्यन गुरुङ रहेका छन् ।
नवलपरासी (पूर्व) गैंडाकोट नगरपालिका-९ थुम्सीमा ना.६ ख ९४५९ नम्बरको बसले प्र.३-०१-०२२ च ५८०७ नम्बरको कारलाई शुक्रबार राति ठक्कर दिई दुर्घटना हुँदा बसमा सवार ललितपुर महानगरपालिका-१० कुपण्डोल बस्ने ६० वर्षीय बासुदेव थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।