• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

भोटेकोशी बाढीः एक हजार ३९९ शव फेला

भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति

मुस्ताङमा आजदेखि जलवायु सम्मेलन

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

अवैध लागूऔषध सहित पक्राउ


शनिबार, फागुन २८, २०७८ मा प्रकाशित

काठमाडौं- काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५ सय ७० ट्याब्लेट सहित कैलाली टिकापुर नगरपालिका-७ बस्ने २७ वर्षीय किरण साउदलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.१-०२-००१ ख ८८६४ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनीउपर जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।

Advertisement

यसैगरी काठमाडौंका विभिन्न स्थानबाट करिब २९ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी बस्ने सिन्धुपाल्चोक लिसंखु गाउँपालिका-७ घर भएका २५ वर्षीय रोमन भण्डारी, कागेश्वरी बस्ने दोलखा भिमेश्वर नगरपालिका-५ घर भएका २५ वर्षीया प्रज्ञा कार्की, काठमाडौं महानगरपालिका-३२ बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका-४ घर भएका ३८ वर्षीय राजेश नेपाल र काठमाडौं महानगरपालिका-३२ बस्ने भारत पश्चिम बंगाल मेदनापुर देवराथाना बहादुरग्राम घर भएका २९ वर्षीय मिजाहिद राजा रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले रोमन र प्रज्ञाको कोठाबाट २९ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ, २ थान डिजिटल तराजु तथा नगद १ लाख ५० हजार रुपैयाँ सहित पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उक्त कारोबारमा संलग्न मिजाहिद राजालाई १ सय मिलिग्राम उक्त पदार्थ र राजेश समेतलाई पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

झापा मेचीनगर नगरपालिका-६ मेचिपुल छेउबाट करिब ८ ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित कमल गाउँपालिका-६ बस्ने ३४ वर्षीय दिपेन्द्र भण्डारीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका दिपेन्द्रलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

उदयपुर बेलका नगरपालिका-१ आम्बासीस्थित सडकबाट करिब १३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित  चौदण्डीगढी नगरपालिका-४ संगम टोल बस्ने ३१ वर्षीय भुषण राईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्र.३-०२-०१२ प ७०७७ नम्बरको स्कुटरलाई ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटर चालक राईलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सुनसरी इनरुवा नगरपालिका-४ बसपार्कबाट करिब ९६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोशी गाउँपालिका-८ बस्ने २२ वर्षीय मिथुन कुमार यादव र सोही गाउँपालिका-८ भण्टाबारी बस्ने १९ वर्षीय प्रमोद कुमार सरदार रहेका छन् । विआर ३८ एस ०६२३ नम्बरको मोटरसाइकललाई लागूऔषध नियन्त्रण व्यूरो बिराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर भिमफेदी गाउँपालिका-२ भैसेबाट करिब २ केजी २ सय ग्राम अवैध लागूऔषध गाँजा सहित कैलाशा गाउँपालिका-३ र सोही गाउँपालिका-९ बस्ने २ जना किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नामटारबाट हेटौंडातर्फ जाँदै गरेको ना.४ ख ४०२४ नम्बरको बसलाई प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

शनिबार, फागुन २८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मेलाबाट उठेको रकम पर्यटनमा लगानी
पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी
टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो
भोटेकोशी बाढीः एक हजार ३९९ शव फेला
भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता
बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

भर्खरै

  • १.
    मेलाबाट उठेको रकम पर्यटनमा लगानी

  • २.
    पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

  • ३.
    टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

  • ४.
    भोटेकोशी बाढीः एक हजार ३९९ शव फेला

  • ५.
    भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

  • ६.
    बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ७.
    प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति

  • ८.
    मुस्ताङमा आजदेखि जलवायु सम्मेलन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.