काठमाडौं- पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव मात्र कायम रहँदा आज ४ वटा प्रदेशका पहाडी इलाकामा हल्का वर्षाको सम्भावना छ।
Advertisement
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
यस्तै, कोशीका थोरै तथा वागमती, गण्डकी र कर्णालीका पहाडी भेगका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हावाहुरी आउने सम्भावना पनि छ।
आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। यस्तै, कोशी, गण्डकी र कर्णालीका पहाडी इलाकाका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।