• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

‘एक पैसाे कैलेलाई ? चैतेदशैंलाई…’


मङ्गलबार, बैशाख ०४, २०८१ मा प्रकाशित

रामबहादुर थापा/गण्डकी– बागलुङको ऐतिहासिक चैतेदशैं मेलालाई लिएर थुप्रै गीत रचिएका छन्। ती विभिन्न कालखण्डमा फरकफरक परिवेश र भावमा प्रकट भएका छन्। चाहे त्यो विसं २०५२ मा तिलकबम मल्लले गाएको ‘चैतेदशैं बागलुङे मेलैमा ज्यादै माया बस्यो है ख्यालख्यालैमा…’ होस् वा ५० को दशकको आखिरीतिर बिमलराज क्षेत्री र शर्मिला गुरुङले गाएको ‘चैतेदसैँ मेलैमा झर्छ आँशु छ्ट्ने बेलैमा…’ होस्।

Advertisement

त्यसयता सार्वजनिक अधिकांश गीतले पनि यहाँको चेतैदसैँ मेला र कालिका भगवती मन्दिरको महिमागानमा अनेक विषय र शैलीलाई पछ्याएका छन्। तर यही चैतेदसैँ मेलालाई जोडेर पाकापुरानाले गाउने एउटा गीत ‘एक पैसाे कैलेलाई बागलुङको चैतेदशैंलाई, त्यही पनि माग्दछन् दिन्न कसैलाई…’ भन्ने लोकगीतको रचनाकाल र सर्जकबारे भने कहीँ उल्लेख छैन।

भलै यो गीतमा प्रयुक्त तुक्काले बागलुङमा लाग्ने चैतेदसैँ मेलाको युगिन परम्परा र सांस्कृतिक पक्षलाई उजागर गरेको ठान्छन् इतिहासका अद्येता काजी गाउँले श्रेष्ठ। ७२ वर्षीय उनले आफू केटाकेटी छँदै यो गीत सुनेको बताए।

“उहिले उहिले चैतेदसैँ आउँदा रमाइलो मानेर बच्चाहरुले पनि यो गीत गाउथेँ”, उनले भने, “गीतकै रुपमा प्रचलित नभएपनि पुरानो कथन वा लोकोक्तिका रुपमा अहिले पनि गाउँठाउँमा यो सुनिने गर्छ ।” झ्याउरे शैलीको गीतले उबेलाको ग्रामीण जनजीवनसँग चैतेदसैँ मेलाको सम्बन्धलाई उठान गरेको श्रेष्ठले बताए। सो गीतले त्योबेलाको समाज, परिवेश, मानिसका आवश्यकता र आर्थिक हैँसियतसँग सम्बन्ध राख्ने उनले बताए।

विसं १५९१ मा बागलुङ नगरपालिका-१ मा कालिका भगवती मन्दिर स्थापना भएपछि चैतेदसैँ मेलाको परम्परा सुरुवात भएको उनले बताए। “यहाँको चैतेदसैँ मेलासँग लामो इतिहास र परम्परा जोडिएको छ”, श्रेष्ठले भने, “मध्यकालमा पर्वत राज्य हुँदाका बखतदेखि नै बागलुङमा चैतेदसैँ मेला सुरु भएको मानिन्छ।”

उनले ‘एक पैसाे कैलेलाई…’ भन्ने गीत पनि सोही बेलादेखि गाइएको हुनसक्ने अनुमान गरे। पर्वत राज्य नेपाल राज्यमा गाभिएपछि म्याग्दीको बेनीबाट बागलुङ सरेको टक्सारमा धातुका पैसा छापिन्थ्यो।

“त्यो बेलामा एक पैसाको पनि ठूलो महत्व थियो, चैतेदसैँ मेलामा किनमेल गर्न जान पैसाको जोहो गर्नुपथ्र्यो”, श्रेष्ठले भने, “गाउँबाट किसानहरु स्थानीय उत्पादन लिएर मेलामा बेच्न आउँथे, भारतीय व्यापारी पनि आउने गर्थे।” चैतेदसैँ मेला भर्न आउनेले वर्षदिनलाई चाहिने खानेकुरासहित घरायसी सामान किनेर लैजाने प्रचलन त केही बर्ष अघिसम्म नै थियो।

दशकौँअघि हालको बागलुङ बजार बसेको ठाउँमा ठूलो फाँट थियो। छेउछाउमा केही घरगोठ थिए। अहिले बागलुङ नगरपालिका-३ मा पर्ने किनाराटोलदेखि लालीगुराँसचोकसम्म चैतेदसैँ मेला लाग्थ्यो। खेतमा मान्द्रा र चित्राले बारबुर पारेका टहरामा बसेर व्यापारीले सामान बेच्ने गरेको स्थानीयवासी भरत खड्काले बताए। “भारतदेखि लुगाफाटा, मसला, मिश्री, नरिबललगायतका सामान बेच्न व्यापारी चैतेदसैँ मेलामा आउथे”, उनले भने, “स्वतःस्फूर्त रुपमा लाग्ने मेला दुई हप्तासम्म चल्थ्यो, मानिसहरुको घुइँचो लाग्थ्यो।”

उनका अनुसार माटो, धातु र काठका भाँडाकुँडा बेच्न छुट्टाछुट्टै बिक्रीकक्ष हुन्थे। मेलामा गाउँगाउँबाट झर्ने युवायुवती सात दिन सातरातसम्म दोहारी (झ्यारे) गाएर बस्ने गर्थे। कतिपयको मैलामै भएको चीनजानका आधारमा बिहेवारीसमेत हुन्थ्यो।

“डम्फु, मादल बजाउँदै झ्याउरे गाउने चलन थियो, ‘एक पैसा कहिलेलाई चैते दसैँलाई, त्यही पनि माग्दछन् दिन्न कसैलाई…’ भन्ने गीतको तुक्का पनि त्यहीबेलादेखि बढी गाउन थालिएको हो”, खड्काले भने, “पछि यो जनजिब्रोमा प्रचलित हुँदै आयो, त्यसपछि चतैँदसैँ र कालिका भगवती मन्दिरलाई जोडेर थुप्रै गीत लेखिए, गाइए।”

कालिका भगवती गुठी व्यवस्थापन समितिका सल्लाहकार खड्काले विसं १५९१ म कालिका भगवती मन्दिर स्थापना भएपछि चैतेदसैँ मेलाको परम्परा बसेको बताए। “अहिलेको किनाराटोलदेखि र लालीगुराँसचोकसम्मको क्षेत्रमा भव्य मेला लाग्थ्यो, टाढाटाढाबाट मानिसहरु मेला भर्न आउँथे”, खड्काले भने, “हुम्ला, जुम्लादेखि भारतसम्मका व्यापारी मेलामा सामान बेच्न आउँथे।”

काठका ठेकाठेकी, चोयाँबाट बन्ने डालाडाली, नाङ्ला, मान्द्रा, घरेलु हातहतियारलगायतका सामग्री बेच्न गाउँगाउँका व्यापारी मेलामा झर्ने गरेको उनले बताए। यातायातको सुविधासँगै बस्ती विस्तार हुन थालेपछि परम्परागत रुपमा बागलुङ बजार क्षेत्रमा लाग्दै आएको चैतेदसैँ मेला कालिका भगवती मन्दिर परिसरमा सर्‍यो। पहिले चैत्राष्टमी पर्वका दिनमा मात्र मन्दिर क्षेत्रमा उक्त मेला लाग्थ्यो।

खड्काका अनुसार तत्कालीन पर्वत राज्यका राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरीसँग विवाह गर्ने क्रममा दाइजो स्वरुप ल्याएको माझकी देवीको मूर्तिलाई अहिले कालिका भगवती मन्दिर रहेको ठाउँमा प्रतिस्थापन गरि पूजापाठ सुरु गरिएको किम्बदन्दी छ।

“पाल्पाली राजाले आफूले पूजाआजा गर्दै आएको माझकी देवीको मूर्ति छोरीलाई दाइजो दिएको र सो मूर्तिलाई पर्वत राज्यमा ल्याउने क्रममा यहाँ डोली बिसाएको इतिहासमा उल्लेख छ”, खड्काले भने, “पछि डोली उठाउन खोज्दा कसैले उठाउन नसकेपछि देवीको मूर्तिलाई यहीँ राखेर पूजापाठ सुरु गरिएको किम्वदन्ती छ, तिनै माझकी देवीलाई अहिले कालिका भगवतीका रुपमा पूजिन्छ ।” कालिका भगवती मन्दिर र चैतेदसैँ मेला एकार्कामा अभिन्न रहेको उनले बताए।

सुरुमा खरले छाएको झुप्रोमा मन्दिर रहेको र पछि विभिन्न समयमा पुनःनिर्माण हुँदै मन्दिरले अहिलेको स्वरुप पाएको खड्काको भनाइ छ। “बागलुङ कालिका भगवतीसँग ठूलो आस्था र महिमा जोडिएको छ”, उनले भने, “यहाँ महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा हुन्छ, कालिका देवीको पूजाअर्चना गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ।” बर्सेनि बडादसैँ र चेतेदसैँमा मन्दिरमा विशेष मेला लाग्छ।

खड्काले कालिका भगवतीको महिमा र महत्व बढ्दै गएपनि मन्दिरसँग जोडिएको चैतेदसैँ मेलाले भने आफ्नो मौलिकता गुमाउँदै गएको धारणा राखे। “पहिलेपहिले जस्तो चैतेदसैँ मेलाको रौनकता त छैन, तैपनि गुठी समितिले परम्परा धान्न केही प्रयास गरेको देखिन्छ”, उनले भने, “इतिहास बोकेको मेला भएकाले यसको जगेर्ना गर्नु आवश्यक छ, नयाँ पुस्तालाई पनि संस्कृतिको महत्व बुझाउनुपर्छ।”

अहिले पनि चैत्राष्टमी मेला पारेर ग्रामीण भेगबाट ठेकाठेकी, डालाडाली, नाङ्ला आदि सामग्री बेच्न व्यापारी बागलुङ बजार आउने गर्छन्। उनीहरूले मालसामान बेचेर वर्षभरिलाई घरखर्च जुटाउँछन्। बडिगाड गाउँपालिका-४ जलजलाका शशिराम विकले विगत ३५ वर्षदेखि निरन्तर चैतेदसैँ मेलामा डालाडाली र नाङ्ला बेच्न आइरहेको बताए।

“कुनै वर्ष राम्रै व्यापार हुन्छ, कहिले ठिकठिकै हुन्छ”, उनले भने, “पाँच/सात दिनसम्म बजारमै बसेर सबै सामान बिक्री भएपछि बल्ल घर फर्कन्छौँ।” गाउँका व्यापारीले लेकाली भेगमा पाइने निगालाको चोयाँबाट बन्ने स्थानीय उत्पादनलाई मेलामा बिक्री गर्दै आएका छन्। कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले चैतेदसैँको नवरात्रभर लाखौँ भक्तजनले मन्दिर तथा मेलाको अवलोकन गर्ने बताए।

“देशका विभिन्न भूभागदेखि भारतसम्मका धार्मिक पर्यटक कालिका मन्दिर दर्शनका लागि आउने गर्छन, अहिले पर्यटकीय याम पनि चलिरहेकाले कालिका भगवतीमा धार्मिक पर्यटकको सङ्ख्या उल्लेख्य रुपमा बढेको छ”, उनले भने, “कालिका भगवती मन्दिर नेपालकै प्रसिद्ध धार्मिक शक्तिपीठका रुपमा चिनिन्छ।” यसपालि पनि चैतेदसैँ (चैत्राष्टमी पर्व)को अवसर पारेर मन्दिर परिसरमा मेला आयोजना गरिएको छ।

गत चैत ३० गतेदेखि सुरु भएको मेला आउँदो बिहीबारसम्म चल्ने अध्यक्ष खड्काले जानकारी दिए। मेलामा कला, संस्कृति, खेलकुद, व्यापार र पर्यटन प्रवर्द्धनका विविध गतिविधि समेटिएको उनले बताए। मेलास्थलमा स्थानीय उत्पादनको बिक्रीकक्षदेखि रमाइलो मेलासम्म राखिएको छ। परम्परागत रुपमा चल्दै आएका लोकदोहोरी, भलिबल, छेलोलगायतका प्रतियोगिताले मेलामा आकर्षण थपेका छन्। “चैतेदसैँ मेला बागलुङको पहिचानसँग जोडिएको छ, यो मेलाको संरक्षण र प्रवर्द्धनमा सबै पक्षको उत्तिकै दायित्व छ”, अध्यक्ष खड्काले भने।

मङ्गलबार, बैशाख ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.