काठमाडौं- जाजरकोट भेरी नगरपालिका-१२ बारेलास्थित भेरी नदीमा शिवालय गाउँपालिका-३ घर भई रूकुम पश्चिम चौरजहारी नगरपालिका-३ स्थित टाटागाउँ बस्ने २५ वर्षीय कमल बुढा आइतबार मृत अवस्थामा फेला परेका छन् । बिहीबार नदीमा नुहाउने क्रममा बगी बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
भोजपुर आमचौक गाउँपालिका-१ गैरीगाउँ उत्तिस बारीमा सोही ठाउँ बस्ने ४८ वर्षीय डिक बहादुर कार्की आइतबार मृत अवस्थामा फेला परेका छन् ।
रौतहट गुजरा नगरपालिका-५ हरिहरपुर टोल बस्ने ८२ वर्षीय रामशरण दास तत्मा आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
बर्दिया बारबर्दिया नगरपालिका-७ सिउनिया बस्ने ६५ वर्षीय राजाराम चौधरी सोही ठाउँस्थित सुख्खा खटैला कुलोमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
सिरहा लहान नगरपालिका-१३ गणेशपुर बस्ने ६६ वर्षीया सबुरबत्ती चौधरी सोही ठाउँस्थित आँप बँगैचामा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
पाल्पा रामपुर नगरपालिका-८ धारापानी बस्ने ५७ वर्षीय लाल बहादुर श्रेष्ठ सोही नगरपालिका-५ रामघाटस्थित कालिगण्डकी नदीमा आइतबार मृत अवस्थामा फेला परेका छन् । शुक्रबार घरबाट हिँडेका उनी घर फर्कि नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।