• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

गाउँ-गाउँमा ढलान सडकको लहर, कालोपत्रेभन्दा ५ गुणा बढी टिकाउ


    Avatar photo
आइतबार, चैत २५, २०८० मा प्रकाशित

काठमाडौं- केही वर्ष अघिसम्म रसुवाको कालिकास्थान-धुन्चे हुँदै स्याफ्रुबेंशी जोड्ने सडकमा सवारी सञ्‍चालन असहज थियो। वर्षा मात्र नभई हिउँदमा पनि सडकमा सवारी साधन मात्र नभई यात्रा गर्ने यात्रुले पनि सास्ती झेल्नुपर्थ्यो।

Advertisement

सडक हिलाम्य हुने, बिग्रने, खाल्डाखुल्डी पर्नेलगायत समस्याका कारण यात्रा सकसपूर्ण थियो। सडक सुधारका लागि कालोपत्रे पनि गरियो। तर, त्यो केही महिना मात्र टिक्थ्यो। तर, पछिल्लो समय सडकमा सिमेन्टेड (ढलान) गरिएसँगै सवारी सञ्‍चालन सहज बनेको सवारी चालकहरू बताउँछन्।

चालक छिरिङ तामाङले यस सडकमा कन्टेनर चलाउन थालेको ५ वर्ष बित्यो। ‘पहिलेभन्दा अहिले धेरै सुधार भएको छ,’ उनी भन्छन्, ‘विगतमा सडकमा सहज रूपमा सवारी सञ्‍चालनका लागि कालोपत्रे पनि भएको हो तर त्यो दुई महिना पनि टिकेन।’ उनको भनाइमा पछिल्लो समय ढलान गरिएको सडक टिकाउ भएको छ। र, यात्रा पनि सहज भएको छ।

दुई दशक अघिदेखि समस्या बेहोर्दै आएका चालक र यात्रीहरू अहिले भने ढुक्कले यात्रा गर्न पाएकामा दंग छन्। र, सडक पनि दिगो बनेको छ।

खासगरी, बढी पानी पर्ने, हिउँ बर्सिने र चिसो रहने उच्च हिमाली भेगमा कालोपत्रेभन्दा ढलान सडक बढी टिकाऊ देखिएका छन्। इन्जिनियर नारायणदत्त भण्डारी पनि त्यसैमा सहमत छन्। भन्छन्, ‘केही जिल्लाको अनुभवमा पनि कालोपत्रेभन्दा ढलाने सडक बढी टिकाउ पाएको छु।’

यस्तो छ फरक

पक्की सडकलाई कालोपत्रे र ढलान गरी दुई प्रकारमा वर्गीकरण गरिएको छ। कालोपत्रे सडकमा शुरुको लागत कम परे पनि मर्मतमा अत्यधिक खर्च हुन्छ।

ढलान सडकमा भने ठ्याक्कै उल्टो छ। शुरुको लागत बढी पर्छ, मर्मतमा कम खर्च हुन्छ।

कालोपत्रे सडक पनि विभिन्‍न प्रकारका हुन्छन्। जहाँ बढी लोडका सवारी साधन सञ्‍चालन हुन्छन्, त्यहाँको माटो कमजोर हुन्छ। सतहको तापक्रम कम रहने र हिउँ पर्ने ठाउँहरूमा ढलानकै प्रयोग उपयुक्त देखिएको छ।

सडक विभागको एक अध्ययनले पनि अस्फाल्ट (बिटुमिन) कालोपत्रेभन्दा ढलान सडकको लागत १३.११ प्रतिशत न्यून देखाएको छ। कालोपत्रेको तुलनामा ढलानको आयु लामो हुने, पानीले नबिग्रने, इन्धन खपत न्यून हुनेजस्ता फाइदा रहेको इन्जिनियरहरू बताउँछन्।

पछिल्ला वर्षमा नेपालमा पनि दीर्घकालीन विकासका लागि दिगो हुने सडक निर्माणको बहस चलिरहेको छ। र, त्यसको तत्कालीन उपायका रूपमा ढलान सडक देखिएको छ।

इन्जिनियर भण्डारीका अनुसार कालोपत्रेभन्दा ढलाने सडक ५ गुणा बढी टिकाऊ पाइएको छ। ‘स्ट्यान्डर्ड पुर्‍याएर गरिएको ढलान सडक कम्तीमा २० वर्षसम्म टिक्छ। कालोपत्रे सडक भने ४ देखि ६ वर्षमा फेरि मर्मत गर्नुपर्छ। त्यो समयभन्दा अघि खाल्डाखुल्डी पर्छन्, त्यसलाई निकाल्नुपर्छ र फेरि टालटुल पार्नुपर्छ,’ उनी भन्छन्, ‘ढलान सडकमा भने डिजाइन गरेर ढलान गर्नुपर्छ। कति फिटनेसको, कति ग्रेडको भन्‍ने हुन्छ। सोहीअनुसार प्लेसमेन्ट डिजाइन गर्नुपर्छ।’ समस्या देखिरहने खण्डहरूको मर्मत र स्तरोन्‍नतिका लागि ढलानमा जोड दिनुपर्ने देखिएको उनको सुझाव छ।

आइतबार, चैत २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल
संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल
पोखरामा अमेरिकी नागरिकको मृत्यु

भर्खरै

  • १.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • २.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ३.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ४.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ५.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

  • ६.
    पोखरामा अमेरिकी नागरिकको मृत्यु

  • ७.
    सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

  • ८.
    साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.